back
CTIZAN AD

जापानद्वारा रुसको अचानक भ्रमण गर्ने सांसदको निन्दा

वि.सं.२०८० असोज १६ मंगलवार

849 

shares

इस्लामाबाद । जापानले मस्कोको अचानक भ्रमण गरेर त्यहाँका उपविदेशमन्त्रीसँग भेट गर्ने एक जापानी सांसदको निन्दा गरेको छ ।

गत वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेयता युद्धमा मस्कोमाथि प्रतिबन्ध लगाउन पश्चिमी सहयोगीहरूसँग जापान सामेल भएपछि जापानी सांसदका रूपमा मुनेओ सुजुकीको पहिलो रुस भ्रमण भएको हो ।

“सरकारलाई सुजुकीले अघि वा पछि यसपटकको रुस भ्रमणका बारेमा जानकारी गराउनुभएको थिएन”, सरकारी प्रवक्ता हिरोकाजु मात्सुनोले भने, “उद्देश्य जे भए पनि रुसको यात्रा रद्द गर्न हामी चेतावनी जारी गर्दैछौँ, सबै जापानी नागरिकहरूलाई रुसको भ्रमण नगर्न आग्रह गर्दछौँ ।”

रुसको विदेश मन्त्रालयले सुजुकीले सोमबार रुसी उपविदेशमन्त्री आन्द्रे रुदेन्कोसँग भेट गरेको बताएको छ । “द्विपक्षीय सम्बन्धको विकासमा जापानी सांसदको उल्लेखनीय योगदानलाई रुसी पक्षले उल्लेख गरेको छ”, मन्त्रालयले मङ्गलबार भनेको छ, “दशकौँदेखि कायम दुई मुलुकबीचको विरासत ‘सामूहिक पश्चिम’ को रुसविरोधी कार्य र अमेरिकालाई खुसी पार्न टोक्योले लागू गरेको प्रतिबन्ध नीतिले उद्देश्यपूर्णरूपमा क्षति पुर्याइरहेको छ ।”

जापानको प्रतिपक्षी दल जापान इनोभेसनका सांसद सुजुकीले लामो समयदेखि जापान–रुसबीचको दीर्घकालीन सम्बन्धको पैरवी गर्दै आएका थिए । दोस्रो विश्वयुद्धपछि रुससँगको क्षेत्रीय विवादहरू समाधान गर्ने उद्देश्यले विदेश मन्त्रालयका कार्यक्रमहरुमा उनी गहिरोरूपमा संलग्न थिए ।

उनका सचिव सिन्जी अकामात्सुले माथिल्लो सदनका सदस्य सुजुकी ‘निरीक्षण भ्रमण’ का लागि आइतबार मस्को प्रस्थान गर्नुभएको जानकारी दिएका छन् । “सुजुकीले राष्ट्रिय स्वार्थको दृष्टिकोणले आफ्नै विश्वासमा भ्रमण गर्नुभएको हो”, उनले भनेका छन् ।

सुजुकीको पार्टीले उनी मस्कोबाट फर्केपछि भेट गर्ने जनाएको छ । पार्टीका एक अधिकारीले रुस प्रस्थान गर्नुअघि सुजुकीले भ्रमण योजना पेश नगरेर पार्टीको नियम उल्लङ्घन गरेको हुनसक्ने सङ्केत गरेका छन् ।

सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीका महासचिव तोसिमित्सु मोतेगीले सुजुकीको भ्रमण ‘वाञ्छनीय’ नभएको बताएका छन् । (रासस/सिन्ह्वा) 

वि.सं.२०८० असोज १६ मंगलवार १४:५० मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...