back
CTIZAN AD

नेपालगञ्जमा सामाजिक सद्भाव कायम राख्न सांसद जवराको अपिल

वि.सं.२०८० असोज १६ मंगलवार

879 

shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलसमशेर जवराले नेपालगञ्जमा सामाजिक सद्भाव कायम अपिल गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले बाँकेको नेपालगञ्जमा ‘कर्फ्यू’ लागिरहेको भन्दै त्यस्ता घटना तत्कालै नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद जवराले सामाजिक सद्भाव खलबल्याउन मोबाइल फोनको प्रभाव रहेको भन्दै तत्कालै दोषीलाई कारबाही गर्न माग गरे । उनले भने, “नेपालगञ्जमा दुई समुदायबीच हिंसा फैलिएको छ । यो सबै कुराको जड मोबाइल हो । चाहे मधेस प्रदेश होस् वा विभिन्न भागमा भएका घटना हुन् । त्यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गरिनुपर्छ ।”

नेपालगञ्जलाई सद्भावको सहर बनाउन लागिपरेको भन्दै सांसद जवराले सहरमा शान्तिसुरक्षा र सदभाव कायम राख्न संयम भएर लाग्न नेपालगञ्जवासीलाई अनुरोध गरे ।

वि.सं.२०८० असोज १६ मंगलवार १४:५० मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...