back
CTIZAN AD

सञ्चार रजिष्ट्रारद्वारा पत्रकारहरुको सामूहिक बीमा, प्रतिव्यक्ति रु सात लाखसम्म

वि.सं.२०८० असोज २१ आइतवार

1.5K 

shares

मनहरी (मकवानपुर) । सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशले प्रदेशका तीन सय ६० पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ ।

बीमा ऐन २०४९ को दफा ८ को उपदफा (घ) २ अनुसार र बीमा समितिले बनाएको दुर्घटना बीमा निर्देशिका २०७८ बमोजिम सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशबाट परिचयपत्र प्राप्त गरी नवीकरण गरेका पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिव्यक्ति रु सात लाखसम्मको सामूहिक दुर्घटना बीमा नेपाल सरकारको स्वामित्व प्राप्त राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग गरिएको सापकोटाले बताए । पहिलो चरणको यो बीमा कार्यक्रम बीमा लागू भएको मितिले तीन सय ६५ दिन कायम रहने उनले बताए । सञ्चार रजिष्ट्रारको कार्यालयबाट परिचयपत्र प्राप्त गरेका तर नवीकरण गर्न बाँकी रहेका पत्रकारहरूले आफ्नो परिचयपत्र नवीकरण गरी दोस्रो चरणको बीमा कार्यक्रममा सहभागी हुन सक्ने उनले बताए ।

क्रियाशील भएर काम गर्ने पत्रकारको मनोबल बढाउन, उनीहरू सुरक्षित भएर तटस्थ रूपमा काम गर्न सक्ने वातावरणको सिर्जना गर्नका लागि बीमा कार्यक्रम प्रभावकारी बन्ने सञ्चार रजिष्ट्रार सापकोटाको विश्वास रहेको छ । “पत्रकारले सुरक्षित महसुस गर्न सके मात्रै गुणस्तरीय समाचार लेख्न मद्दत पुग्छ, आगामी दिनमा सामाजिक सुरक्षामा लैजाने योजना पनि बनाइरहेका छौँ”, सञ्चार रजिष्ट्रार सापकोटाले भने ।
रासस

वि.सं.२०८० असोज २१ आइतवार १३:१६ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...