back
CTIZAN AD

खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गरिँदै

वि.सं.२०८० असोज २२ सोमवार

909 

shares

गोदावरी (कैलाली) । कैलालीको दुई वटा स्थानीय तहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने प्रक्रिया अघि बढाएका छन् । जिल्लाका १३ वटा स्थानीय तहमध्ये घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले प्रधानाध्यापक छनोट कार्य अघि बढाएका हुन् ।

बर्दगोरिया गाउँपालिकामा रहेका १७ सामुदायिक विद्यालयको प्रधानाध्यापक पदका लागि आवेदन माग गरिएकामा दस जनाको आवेदन परेको र तीमध्ये मापदण्ड पूरा भएका आठ जनाको आवेदन स्वीकृत भएर प्रधानाध्यापक पदमा नियुक्ति गरिएको जनाइएको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले गाउँपालिकाभित्र रहेका १७ सामुदायिक विद्यालयमध्ये आधारभूत तहमा तीन र माध्यमिक तहमा छ प्रधानाध्यापक नियुक्त गरिसकिएको बताए । बाँकी विद्यालयका लागि पुनः आवेदन माग गरिएको उनको भनाइ थियो ।

माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेकाले स्थानीय तहले आवश्यकताअनुसार शिक्षा ऐन र नियमावली बनाएर खुल्ला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाइएको अधिकृत कार्कीले बताए । नियमावलीमा भएको मापदण्डका आधारमा खुला आवेदनमार्फत प्रधानाध्यापक छनोट गरिएको जनाइएको छ । घोडाघोडी नगरपालिकाले पनि प्रधानाध्यापक छनोटको आवेदन माग गर्दै आएको छ । पटक–पटक सूचना जारी गर्दासमेत यहाँ प्रधानाध्यापक छनोटको मापदण्डमा सामुदायिक विद्यालयका शिक्षकले विमति जनाउँदै आएपछि आवेदनमा समस्या देखिएको नगरपालिकाका शाखा अधिकृत तथा सूचना अधिकारी उमेशराज जोशीले बताए ।

शिक्षा नियमावलीमा विद्यालय तोकेर प्रधानाध्यापकका लागि आवेदन दिन पाइने कुरामा विमति रहेकाले सो विषयलाई संशोधन गरी कार्यपालिकाको बैंठकमा पेस गरिने उहाँले जानकारी दिए । यस नगरपालिकाभित्र ५० वटा सामुदायिक विद्यालय रहेको बताउँदै उनले विद्यालयको शैक्षिक गुणस्तर बढाउन खुल्ला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट प्रक्रिया अघि बढिसकेको जनाए ।

वर्षौंसम्म एउटै व्यक्ति एउटै विद्यालयमा प्रधानाध्यापक हुने परिपाटीलाई स्थानीय तहले तोड्दै नयाँ ढङ्गले प्रधानाध्यापक छनोट गरेर शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रधानाध्यापकको नियुक्तिको प्रावधान ल्याइएको जनाइएको छ । नगरपालिकाभित्रका शिक्षकहरुले आधारभूत तहमा शिक्षा शास्त्र विषयमा कम्तीमा स्नातक र माध्यमिक तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको र स्नातकोत्तर पास गरेको अथवा १० वर्ष स्थायी सेवा र स्नातक गरेको शिक्षक प्रधानाध्यापक हुने कानुनी व्यवस्था रहेको जनाइएको छ ।

 

वि.सं.२०८० असोज २२ सोमवार १५:४५ मा प्रकाशित

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले स्वस्थ, अनुशासित र...

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि रु...

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...