back
CTIZAN AD

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा अर्याल विजयी

वि.सं.२०८० असोज २३ मंगलवार

1.1K 

shares

काठमाडौं । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ ।

संघको २५ औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा १५०६ मत खसेकोमा अर्यालले ७७६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठले ६८९ मत प्राप्त गरे । अर्याल र श्रेष्ठ दुवै कांग्रेस निकट व्यवसायी हुन् ।

७ जना पदाधिकारीका लागि भएको निर्वाचनमा सचिव वाहेक सबै पदमा अर्याल प्यानलले जितेको छ । उद्योग उपाध्यक्षमा ७७८ मत ल्याएर सुरज भट्टराई विजयी भएका छन् । भट्टराई नेकपा एमाले निकट हुन् । उनका प्रतिस्पर्धी नवीनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गरे ।

महासचिवमा मुक्तिप्रसाद अधिकारी ७६० मतका साथ विजयी हुँदा प्रतिस्पर्धी बाबुराम विकले ६९८ मत पाए भने सचिवमा अर्याल प्यानलका भेषराज गैरेलाई पराजित गर्दै श्रेष्ठ प्यानलका प्रतिक पोखरेल ७२३ मत ल्याएर विजयी भए । गैरेले ७०७ मत पाए ।

त्यसैगरी, कोषाध्यक्षमा ८०९ मतका साथ वसन्तप्रसाद ढकाल विजयी हुँदा प्रतिस्पर्धी प्रकाशकुमार श्रेष्ठले ६४४ मत पाए । सहकोषाध्यक्षमा ८३० मतका साथ धनकुमारी खनाल विजयी हुँदा प्रतिस्पर्धी जाकिर हुसेनले ६३३ मत पाए ।

एशोसियट सदस्यमा भने श्रेष्ठ प्यानलबाट बालकृष्ण पौडेल ७५१ मतका साथ विजयी भए ।

सदस्यहरुमा उद्योग तर्फ दिपक प्रसाद चापागाई, कृष्णप्रसाद पाण्डे, निर्मित कसजु र सुनिता शर्मा बन्जाडे विजयी भएका छन् भने वाणिज्यतर्फ सदस्यहरुमा गणेश प्रसाद भट्टराई, काशीराम शर्मा, रामबहादुर भण्डारी र टिकाराम बन्जाडे विजयी भएका छन् ।

खुल्ला सदस्यमा विष्णु घिमिरे (पन्त), विष्णु प्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली, उमेश अमात्य, जमुना पौडेल र रेनु श्रेष्ठ विजयी भएका छन् ।

वि.सं.२०८० असोज २३ मंगलवार ०९:५८ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...