back
CTIZAN AD

जनजीवन सामान्य बन्दै गएपछि हटाइयो नेपालगञ्जमा कर्फ्यू, ल्याइयो विशेष सुरक्षा योजना

वि.सं.२०८० असोज २३ मंगलवार

1K 

shares

नेपालगञ्ज (बाँके) । नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिएका हुन् । उनले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गरे ।

अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यू लाग्दै आएको थियो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कफ्र्यू लगाइएको थियो । यही असोज १८ गतेदेखि दिउँसोको कर्फ्यू हटाइएको थियो भने रातिको समयमा कर्फ्यू कायमै राखिएको थियो ।

विशेष सुरक्षा योजना

बाँकेमा प्रहरीले दसैं र तिहार पर्वका लागि विशेष सुरक्षा योजना ल्याएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले कोहलपुर नगरपालिकास्थित बसपार्क र नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

सीमा क्षेत्र जमुनाह नाकामा समेत भारतबाट आउने नेपाली नागरिकको सहजीकरणका लागि यात्रु सहायकता कक्ष स्थापना भएको भएको छ । भारतबाट आएका केहीले गरेको गुनासो सम्बोधन गरिएको जमुनाहका वरिष्ठ प्रहरी नायब निरीक्षक मिनबहादुर विष्टले जानकारी दिए ।

प्रहरीले बसपार्क क्षेत्रमा यात्रुहरु ठगी हुने सम्भावना भएकाले त्यसमा पनि निगरानी बढाएको जानकारी दिँदै प्रनाउ डाँगीले भारतका रेल्वेस्टेसनसम्म पनि सादा पोसाकमा रहेका प्रहरीले निगरानी गरेको बताए । “कसरी हुन्छ नागरिककोे जीउधनको सुरक्षा गर्ने योजना हो”, उनले भने । यसबाहेक भारतसँग जोडिएका सीमा क्षेत्र नरैनापुर लगायतका क्षेत्रमा पनि प्रहरीले निगरानी बढाएको छ ।
रासस/ फाइल फोटो

वि.सं.२०८० असोज २३ मंगलवार १४:३५ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...