back

नेटा भी को एक्स्चेन्ज क्याम्प

वि.सं.२०८० असोज २५ बिहीवार

999 

shares

काठमाडौं । सिजी मोटर्सले पुराना गाडीसँग एक्स्चेन्ज गरी नेटा भी लिन इच्छुकहरुका लागि आश्विन २४ गतेदेखि २८ गतेसम्मका लागि काठमाडौंको विशालनगर शोरुममा एक्स्चेन्ज क्याम्पको आयोजना गरेको छ ।

‘प्योर इभी’ प्लाटफर्ममा बनेको नेटा भीको ३८० किलो मिटरको रेन्ज रहेको तथा प्रिमियम इन्टिरियरको कारणले गर्दा नेटा भी इभी प्रेमीहरुको पहिलो रोजाईमा परिरहेको सिजीले जनाएको छ । सिजीले आसन्न चाड दशैंलाई लक्षित गरी एक्स्चेन्ज क्याम्पको आयोजना गरेको बताएको छ ।

एक्स्चेन्ज क्याम्पमा आकर्षक बोनस सहित पुरानो सवारी साधनको राम्रो भ्यालुएसन दिइने, एक बर्षको बीमा दस्तुर तिरिदिने, सडक दस्तुर तथा डिक्की फुल अफरसमेत दिइरहेको कम्पनीले जनाएको छ ।

हरेक टेष्ट ड्राइभमा आकर्षक उपहार पनि रहेको उसको भनाइ छ । सेग्मेन्टमा सबैभन्दा ठूलो ३३५ लिटरको डिक्की भएको नेटा भी ले डिक्की फुल अफरमा ४३ इन्चको स्मार्ट टिभी, कार भ्याकुम क्लिनर, १४ सय वाटको प्रेशर वाशर, भ्याकुम कप, भ्याकुम फ्लास्क, ६.६ किलोवाटको चार्जर तथा टायर सेटसमेत सित्तैमा दिइरहेको कुरा कम्पनिद्वारा जारि विज्ञप्तिमा जनाइएको छ ।

३८० कि.मी. रेन्ज रहेको नेटा भीकाे खर्च भने ०.५ रुपैया प्रति कि.मी. रहेको कम्पनीको दावी छ । दश वर्ष अर्थत दुई लाख कि.मी. ब्याट्री र मोटरको वारेण्टी रहेको तथा ६३ प्रतिशत हाइटेन्साइल स्टिल प्रयोग भएको कारणले पनि नेटा भी ग्राहकको पहिलो रोजाइमा पर्न सफल भएको पनि कम्पनीको जनाएको छ ।

वि.सं.२०८० असोज २५ बिहीवार १४:१५ मा प्रकाशित

Himalayan Life AD
आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार...

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

मनास्लु आरोहीबाट १५ करोड राजस्व सङ्कलन

  गोरखा । यहाँ अवस्थित मनास्लु हिमाल आरोहीबाट रु १५...

नौ वर्षमा पनि बनेन चिस्यानगृह

नौ वर्षमा पनि बनेन चिस्यानगृह

  पर्वत । मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यानगृह (कोल्ड स्टोर)...

वन्यजन्तु संरक्षणमा चुनौती : शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन

वन्यजन्तु संरक्षणमा चुनौती : शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन

वन्यजन्तु संरक्षणमा चुनौती : शुक्लाफाँटामा चोरी–शिकारी रोकिएन कञ्चनपुर । शुक्लाफाँटा...

लुङटुङ’ बाट पुनहिलसम्मको यात्रा : विश्व पर्यटन नक्सामा म्याग्दीको पहिचान

लुङटुङ’ बाट पुनहिलसम्मको यात्रा : विश्व पर्यटन नक्सामा म्याग्दीको पहिचान

घोडेपानी (म्याग्दी) – चार दशकअघिसम्म किसानहरूको चरन क्षेत्रका रूपमा परिचित...

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै दाङका महिला

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै दाङका महिला

  देउखुरी (दाङ) – पछिल्लो समय दाङका महिलाहरू सामूहिक खेतीतर्फ...