back
CTIZAN AD

एनआईसी एशिया क्यापिटलको दुई म्युचुअल फण्डको लाभांश घोषणा

वि.सं.२०८० असोज २९ सोमवार

1.2K 

shares

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको २ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको हो । क्यापिटलको असोज २७ गते सम्पन्न संचालक समितिको बैठकले एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको लाभांश घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७९ /८० का लागि लाभांश घोषणा भएको हो । जस अनुसार एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १०.५० प्रतिशत (कर सहित) का दरले हुन आउने आठ करोड छयत्तर लाख छयानब्बे हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

त्यस्तै एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले हुन आउने सात करोड पचपन्न लाख बराबरको नगद प्रतिफल वितरण गर्ने छ ।

क्यापिटलले लाभांश वितरणको लागि बुक क्लोज मिति पछि तय गर्ने जनाएको छ ।

वि.सं.२०८० असोज २९ सोमवार १२:२९ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...