back
CTIZAN AD

एकता प्रक्रियाको बाँकी काम पूरा गर्न उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ–गंगाधर गौतम

वि.सं.२०८० कात्तिक १ बुधवार

2.5K 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका गंगाधर गौतमले संघको बाँकी रहेको एकता प्रक्रिया पूरा गर्ने उद्धेश्यले उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् ।

झण्डै २० वर्षादेखि बेल्जियममा रहेर समाजिक काममा सक्रिय रहेका गौतम एनआरएनए बेल्जियमको उपाध्यक्ष, अध्यक्ष, केन्द्रीय सचिव तथा संघको विधान समिति र एकता समितिमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएका छन् । उनले यसपटक उपाध्यक्ष बनेर एनआरएनए भित्र रहेका बेथितिहरु हटाएर संघलाई सहि बाटोमा हिँडाउने बताएका छन् ।

संघको विश्वसम्मेलनका क्रममा सोल्टी होटलमा भेटिएका गौतमले संसारन्युजको जिज्ञासामा बाँकी एकता प्रक्रियालाई पूरा गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

‘संस्था अहिले जुन अवस्थाबाट गुज्रिएको छ । एकिकृत रुपले अगाडि बढ्न सकेको छैन । दशौ महाधिवेशनमा केही प्राविधिक रुपमा डेलिगेट चयन प्रक्रियाका समस्याका कारण एकिकृत महाधिवेशन हुन सकेन,’ उनले भने, ‘त्यो अत्यन्तै गम्भीर त्रुटिपूर्ण महाधिवेशन थियो । उक्त महाधिवेशनले सहमतीय रुपमा बहुपदीय र अध्यक्षत्रय प्रणालीको १८ महिने जिम्मेवारी दिइएको थियो । उक्त जिम्मेवारी बहन गर्ने क्रममा हामी तोकेको समयमा महाधिवेशनमा छौं । महाधिवेशनको पूर्व सन्ध्यामा पनि एकता गर्ने जिम्मेवारी हाम्रो काधमा थियो । तर, मुुल नेतृत्व कार्यकारी अध्यक्षहरु उहाँहरुको केही निर्वाचनमुखी गतिबिधिका कारण र निर्वाचनमा आफ्नो पक्षमा परीणाम हात लाग्ने वा नलाग्ने भन्ने ग्यारेन्टी नभएपछि उहाँहरु एकताको लागि सक्रियरुपमा लाग्न चाहनु भएन ।’

एकताका लागि आफु वार्ता समिति संयोजकको रुपमा रहेर काम गरेको र बाँकी रहेको एकताको प्रोसेसलाई पूरा गर्ने आफ्नो पहिलो उद्धेश्य रहेको गौतमले बताए ।
‘एकता किन अपरिहार्य छ भने, संसारभरी रहेका नेपालीहरु विभिन्न संस्थामा आवद्ध छन् । तर, गैरआवासीय नेपाली भनेको एउटा मात्र यस्तो संस्था हो जुन नेपालको संविधान, सरकार र राज्यले पहिचान गरेको छ । त्यसैले संस्था एकिकृत बन्न सकेन भने हाम्रो, ऐजेण्डा, कार्यक्रम र उद्धेश्यहरुमा हामी पुग्न सक्तैनौं,’ गौतमले भने, ‘नेपाल सरकार र नेपाली जनता अनि सिंगो डायस्पोराले पनि हामीप्रति हेर्ने दृष्टिकोण नकरात्मक रुपमा बढ्दै जान्छ । त्यो पहिलो प्राथमिकता भनेको एकता हो । एकतालाई तार्किक निष्कर्षमा पुर्याउन पनि मैले यो पटक उपाध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ ।’

उनले संघको विधानको कारण पनि पछिल्लो समयमा संघ समस्यामा परेको बताउँदै संसारभरीबाट आउने महाधिवेशन प्रतिनिधिहरुको छनौट प्रक्रिया त्रुटिपूर्ण रहेको बताए ।

‘संसारभरीका महाधिवेशन प्रतिनिधिहरु जो महाधिवेशनको पूर्व सन्ध्यामा (६ महिना पहिले) उहाहरुलाई मताधिकारको व्यवस्था गरिएन भने यो विभाजन सधै रहिरहन्छ । म उपाध्यक्ष भएपछि विधानको संशोधन मात्र होइन, पुर्नलेखनको आवस्यकता रहेको र धेरैवर्ष पुरानो विधान रहेकाले अहिले संस्थालाई अगाडि बढाउन सक्तैन । त्यसैले विधानको आवस्यक परिमार्जनका लागि पनि म लाग्नेछु ।’ गौतमले भने ।

त्यसैगरी गौतमले विदेशमा रहेका नेपालीहरुको ‘एकपटकको नेपाली सधैको नेपाली’ भन्ने मुख्य नारा ओझेलमा परेको बताए । उनले गैरआवासीय नेपाली नागरिकता मार्फत् त्यो एजेन्डाको सम्बोधनको सुरुवात भएको तर पूर्णरुपमा सम्बोाधन हुन नसकेकोले त्यसको लागि पनि आफु लाग्ने र नागरिकताको निरन्तरता र वंशजको नागकिताका लागि पनि लाग्ने बताए ।

‘अर्को कुरा गैरआवासीय नेपाली संघले उठाउँदै आएको बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको जुन अवस्था छ । उनीहरुको रेमिट्यन्स मात्र प्रयोग भएको अवस्थामा सामाजिक सुरक्षा कोषमार्फत् उनीहरुका परिवारको स्वास्थ्य शिक्षाका लागि लागिपर्ने मेरो कार्यकालको पहिलो प्राथमिकता हुनेछ ।’ गौतमले भने ।

गौतमले निर्वाचनमाा प्यानल बनाएर जानुलाई लोकतान्त्रिक प्रक्रिया मान्नुपर्ने बताए । कुनै पनि कम्पनी वा संस्था जहाँ पनि काम गर्नका लागि टिमको आवस्यकता पर्ने भएकोले यसलााई अन्यथा लिन नहुने बताए । यद्यपी सर्वसम्मतिको अन्तिम प्रयास भने रहने बताए ।

‘सबै पक्षलाई समेट्न सक्ने हुनाले हामीले महेश श्रेष्ठलाई अगाडि सारेका छौं । उहाको सवै पक्षलाई समेट्न सक्ने विचार र भावना भएको व्यक्तिव पनि भएकाले हामी अझै पनि सर्वसम्म हुने सम्भावना टरेको छैन । तथापि प्यानल पोलिटिकल नभएर सबै विचार र वर्ग र समुदायलाई समेट्ने उद्धेश्यले काम गर्नका लागि मिल्ने टिम हो ।’गौतमले भने ।

 

 

 

 

वि.सं.२०८० कात्तिक १ बुधवार १२:१२ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...