back

नेटा भी गाडी २० प्रतिशतको डाउनपेमेण्टमा उपलब्ध

वि.सं.२०८० कात्तिक १ बुधवार

960 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशतको डाउनपेमेण्टमा सहज रुपमा कर्जामा उपलब्ध हुने भएको छ ।

कम्पनीले गाडी किन्दा ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने जनाएको छ ।

नेपालभरका प्रभु, कामना सेवा, एनएमबीका साथै नबिल बैंकबाट सहज कर्जा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना सिजी मोटर्सका सम्पूर्ण आधिकारिक विक्रेताबाट नेपालभरी लागूहुने भएकोले उक्त सुविधा देशभर सबै शोरुममाबाट ग्राहकहरुले लिन सक्नेछन् ।

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५०,००० किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् ।

यसका साथै हाल नेटा भीमा डिक्की फुल अफर भनि ग्राहक लक्षित योजना चलिरहेको कम्पनीले जनाएको छ । जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा ग्राहकहरुलाई दिइएको जनाइएको छ ।

 

वि.सं.२०८० कात्तिक १ बुधवार १२:०३ मा प्रकाशित

यस्तो छ ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

यस्तो छ ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक...

यस्तो छ आजको बजारमा सागसब्जी र फलफूलको अधिकतम तोक मूल्य

यस्तो छ आजको बजारमा सागसब्जी र फलफूलको अधिकतम तोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कति तोकेको छ त राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर...

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

गाउँको मौलिक चिनारी बचाउन नसिकिएको बारपाकवासीको गुनासो

दीपक श्रेष्ठ, गोरखा । गोरखा भूकम्पको ‘इपिसेन्टर’ गोरखाको बारपाक गाउँ...

घट्यो सुनको मूल्य, कतिमा हुदैँ छ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुदैँ छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।...

विदेशी मुद्राको भाउमा गिरावट, यस्तो छ आजको विनियम दर

विदेशी मुद्राको भाउमा गिरावट, यस्तो छ आजको विनियम दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...