back
CTIZAN AD

नेटा भी गाडी २० प्रतिशतको डाउनपेमेण्टमा उपलब्ध

वि.सं.२०८० कात्तिक १ बुधवार

1.3K 

shares

काठमाडौं । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशतको डाउनपेमेण्टमा सहज रुपमा कर्जामा उपलब्ध हुने भएको छ ।

कम्पनीले गाडी किन्दा ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ आकर्षक ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने जनाएको छ ।

नेपालभरका प्रभु, कामना सेवा, एनएमबीका साथै नबिल बैंकबाट सहज कर्जा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस योजना सिजी मोटर्सका सम्पूर्ण आधिकारिक विक्रेताबाट नेपालभरी लागूहुने भएकोले उक्त सुविधा देशभर सबै शोरुममाबाट ग्राहकहरुले लिन सक्नेछन् ।

नेटा भी क्रसओभर सेग्मेन्टमा बोल्ड लुक्समा पियोर ईभी प्लेटफर्ममा उत्पादित ईभी हो । जसमा कम्पनीले ३८.५ किलोवाट पावर क्षमताको ब्याट्रीको साथमा ७० किलोवाट क्षमताको मोटर प्रदान गरेको छ । जसले १६० एनएमको टर्क उत्सर्जन गर्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने छ । विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १५०,००० किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ । प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जरको सुविधा समेत पाउने छन् ।

यसका साथै हाल नेटा भीमा डिक्की फुल अफर भनि ग्राहक लक्षित योजना चलिरहेको कम्पनीले जनाएको छ । जसमा विभिन्न इलेक्ट्रोनिक उपकरणहरु उपहारको रुपमा ग्राहकहरुलाई दिइएको जनाइएको छ ।

वि.सं.२०८० कात्तिक १ बुधवार १२:०३ मा प्रकाशित

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६मा दर्शकको बाढीः पहिलो दिनमै २९ हजार बढीले गरे अवलोकन

काठमाडाैँ । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन...

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

१३२ केभी क्षमताको राहुघाट प्रसारण लाइन आयोजनाः ८९ प्रतिशत भौतिक प्रगति 

म्याग्दी । म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...