
के तपाई दैनिक रेलुगर सोडा र डाइट सोडा पिउने गर्नुहुन्छ, यदि पिउनु हुन्छ भने आजै देखि छाडिदिनुस् । किनकी चिनिजन्य पेयपदार्थको राम्रो विकल्प मानिएको डाइट ड्रिङ्क्स(कोल्ड डिङ्क्स जन्य) यस्ता पेय पदार्थले तपाईमा मस्तिष्कघात(स्ट्रोक) र बिर्सने रोग(अल्जाइमर) को जोखिम तीन गुणाले बढाउन सक्छ ।
हालसालै अमेरिकी मुटु संघको जर्नलमा प्रकाशन भएको एक अनुसन्धान अनुसार कोल्ड डिङ्क्स जस्ता पेय पदार्थको निरन्तर प्रयोगले मस्तिस्कघात र बिर्सने रोग लाग्न सक्ने उच्च सम्भावना रहेको उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ “हप्तामा एक वा सो भन्दा कम प्रयोग गर्ने मानिसको तुलनामा दैनिक त्यस्ता कृत्तिम पेय पदार्थ पिउँछन् उनीहरुलाई मस्तिष्कघात र बिसर्न रोग(डिमेन्सिया)को सम्भावना तीन गुणा बढी रहन्छ ।
यो अध्ययन एक समूहको मानिसमा गरिएको हो । फ्रेमिङ्गहम मुटु अध्ययन एक अमेरिकी स्वास्थय परियोजनाका अनुसार सन् १९४८ मा हृदय रोगका कारक तत्वहरु पत्ता लगाउन अध्ययन गरिएको थियो । बोस्टन युनिभर्सिटीको न्यूरोलोजि विभाग, स्विनवर्न युनिभर्सिटी अफ टेक्नोलोजी, मेलवर्न अष्ट्रेलियाका एक वरिष्ठ न्यूरोलोजिस्ट म्याथियु पेजका अनुसार यसबारे थप अनुसन्धान गर्नु पर्नेछ । उनी भन्छन् “हाम्रो अध्ययनले यो देखाउँछ की मानिसहरुले कृत्तिम पेय पदार्थ कति पिउँछन्, त्यसको बारेमा अझै धेरै अनुसन्धान गर्नुपर्ने देखिन्छ ।”
अनुसन्धानकर्ताहरुले फ्रेनिङ्गहाम हर्ट स्टडी अफस्प्रिङ्ग कोहर्टका २८८८ मानिसहरुमा मुख्यतय ४५ वर्ष भन्दा माथिका उमेर समूहमा स्ट्रोकको अध्ययन र १४८८ का वर्ष ६० उमेर समूहका मानिसहरुमा डिमेन्सियाको अध्ययन गरेका थिए ।
सातवर्षको समयमा अनुसन्धानकर्ताहरुले मानिसहरुले दिनको भिन्न तीन समयमा के पिउँछन् भन्ने कुराको समेत समिक्षा गरेका थिए । त्यसपछि उनीहरुले अर्को १० वर्षसम्म त्यहि मानिसहरुको अध्ययन गरे जसबाट उनीहरुले मानिसहरुमा डिमेन्सिया वा हृदयघाट के भयो भन्ने सम्बन्धमा मानिसहरुको आहारको सूचनालाई हृदयघात वा डिमेन्सियाको जोखिमको सम्भावनासँग तुलना गरे ।
१० वर्ष अवधिको अन्त्य तिर ९८ मानिस वा ३ प्रतिशतमा हृदयघात देखियो, जसमध्ये ८२ चाहि रक्त नलिको रोकावटको कारण भएको थियो । ८१ मानिस वा ५ प्रतिशतमा डिमोन्सिया देखियो जसमध्ये ६३ मानिसमा अल्जाइमर देखिएको थियो । विभिन्न जोखिमहरु जस्तै उमेर, लिङ्ग, क्यालोरी सेवन र पढाइको समायोजन पछि उनीहरुले यो पत्ता लगाए की जो मानिसहरु दैनिक जस्तो कम्तीमा एउटा कृत्तिम पेय पदार्थ पिउँथे तिनीहरुलाई तीन गुणासम्म रक्तनलीको हृदयघात हुने सम्भावना देखिएको थियो र २ दशमलव ९ गुणा अल्जाइमर र डिमेन्सियाको बिरामी हुने जोखिम पाइएको थियो ।
चाखलाग्दो कुरा त के छ भने अनुसन्धानकर्ताले रेगुलर सोडा र रोगको केही सम्बन्ध पत्ता लगाएनन् । यसकारण पनि हुन सक्छ मानिसहरु रेलुगर सोडा, डाइट सोडाको तुलनामा कम पिउँछन् । अनुसन्धानकर्ताले भनेका छन् । यसको मतलब यो होइन की सोडाजन्य पेय पदार्थ स्वस्थ विकल्प हुन् । अनुसन्धानकर्ता मध्येका एक म्याथ्यु पेजले भने यस्ता कृत्तिम पेय पदार्थः रेगुलर सोडा वा डाइट सोडाको सट्टा पानी पिउन सल्लाह दिएको छ ।
अध्ययनमा भनिएको छ “बढिरहेको अध्ययन अनुसार कृत्तिम पेय पदार्थको बारम्बार खपत र यसको परिणामले यो सुझाव गर्छ की कृत्तिम पेय पदार्थलाई चिनीजन्य पेय पदार्थको स्वस्थ विकल्पको रुपमा प्रचार वा प्रयोग गर्नु व्यवहारिक हुन्न । दुवै चिनीजन्य तथा कृत्तिम पेय पदार्थको निरन्तर सेवन स्वास्थ्यको लागि हानिकारक हुन्छ ।”
वि.सं.२०७४ वैशाख १४ बिहीवार ०२:४१ मा प्रकाशित





























