back
CTIZAN AD

उनन्चालिस किलो चरेससहित दुई महिला पक्राउ

वि.सं.२०७४ वैशाख १४ बिहीवार

915 

shares

१४ बैशाख, पाल्पा । पाल्पामा प्रहरीले पहिलोपटक ठूलो मात्रामा चरेस बरामद गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले लामो अनुसन्धानपछि जिल्लामा ३९ किलोग्राम चरेस बरामद गर्न सफल भएको बताएको छ ।

बाग्लुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु१ख ५७३१ नंको बसमा पाल्पा प्रहरीले तानसेन नगरपालिका– ४ जिल्ला अस्पतालको चोकमा जाँचका क्रममा ३९ किलो चरेस बरामद गरेको हो ।

पाल्पा प्रहरीले चरेस बोकी ल्याउने बाँके कोहलपुर नपा– १३ की ३९ वर्षीया मनकुमारी चलाउने र साविकको उवा गाविस– ६ रोल्पाकी ३४ वर्षीया राजीपुरा रोकामगरलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताउनुभयो ।

प्रहरीको विशेष सुराकीका आधारमा बसमा जाँच गर्दा राजीपुरा रोकाको दुई वटा झोलाबाट २३ किलो र मनकुमारीको झोलाबाट १६ किलो चरेस बरामद गरिएको प्रहरी उपरीक्षक वाग्लेले बताउनुभयो । विगत सात दिनदेखि पाल्पा प्रहरीले अनुसन्धान गर्दै आएको थियो ।

वि.सं.२०७४ वैशाख १४ बिहीवार ०३:१९ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...