back
CTIZAN AD

प्रचारसँगै संरक्षणको अभावमा प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा

वि.सं.२०८० कात्तिक १३ सोमवार

1.2K 

shares

भोजपुर । भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो ।

दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ पुग्ने गरेका छन् । यो स्थानमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक मेलासमेत लाग्ने गरेको छ । मानिस आफ्नो आफ्ना कुलपित्रृको सम्झनामा सत्बिज छर्नको लागिसमेत पुग्ने गरेका छन् ।

मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँसमेत छ । केही समयअघिसम्म यहाँ ऋषीहरुसमेत बस्ने गरेका थिए । भाकल पूरा गर्नको लागि यहाँ परेवा लगेर उडाउने प्रचलन रहेको छ ।

यहाँ लाग्ने मेलामा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाटसमेत दर्शनार्थी आउने गरेका छन् । यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिँदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यको अवलोकन गर्न मानिस पुग्ने गरेका छन् ।

मेलाबाहेक अन्य समयमा समेत दर्शन तथा पञ्चबलि गर्नको लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् । मन्दिर रहेको स्थानबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्सेलगायत आठ हजार मिटर अग्ला छ वटा र अन्य ३३ वटा हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

यो क्षेत्र भएर नेपाल सरकारको गुम्नै पर्ने एक सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गसमेत विस्तार भएको छ । मन्दिरको दर्शन तथा यहाँ घुग्न जाने पर्यटकलाई लक्षित गरेर पाटी, पौवासँगै विश्रामस्थलको निर्माण गर्नुपर्ने आवश्यक रहेको स्थानीयको भनाइ छ ।

ऐतिहासिक मन्दिर रहेकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने स्थानीय हीरालाल लुइँटेलले बताए । यसको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने उनको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यस्थको प्रष्ट दृश्यसमेत देख्न सकिन्छ ।

“टेम्केसिद्ध एउटा पवित्र धार्मिक तथा पर्यटकीयस्थल हो”, उनले भने, “यो ठाउँको धार्मिक महत्वको विषयमा प्रचारप्रसार हुन सकेको छैन । यसको महत्वलाई उजागर गरेर थप विकास गर्नसके यहाँ धेरै पर्यटक भित्र्याउन सकिन्छ ।”

संरक्षणको अभावमा बनेका मन्दिर तथा अन्य संरचना भत्किन थालेका छन् । प्राकृतिक सौन्दर्यता नियाल्दै धार्मिक दर्शनको लागि अहिले मानिस दैनिकजसो आउने गरेको टेम्केडाँडामा गोठपालन गर्दै आउनुभएका गणेश विष्टले बताए । मन्दिरबाट नजिकै आफ्नो गोठ रहेकोले यहाँको संरक्षणमा भ्याएसम्म ध्यान दिने गरेको विष्टको भनाइ छ ।

“दर्शनको लागि यहाँ धेरै मानिस आउने गरेका छन्”, विष्टले भने, “खासमा मन्दिरको महत्वलाई मानिसले बुझ्न नसकेको जस्तो लाग्छ । यति सुन्दर ठाउँमा रहेको मन्दिरको संरक्षणसँगै अन्य ठाउँमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।”

मानिसको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको स्थानीयको भनाइ छ । मन्दिरमा लगाइएको घेराबारा भत्किन थालेका छन् । आसपासमा चरण क्षेत्र भएकोले यहाँ गाईबस्तुसमेत भित्र पस्ने अवस्था रहेको स्थानीयवासीको भनाइ छ ।

यहाँ रहेको मन्दिरमा सल्लाको काठलाई फुटाएर छानो लगाइएको छ । जहाँबाट मन्दिरभित्र पानीसमेत चुहिने गरेको स्थानीयवासी शिवकुमार विष्टले बताए । “यो पाथीभराजस्तै उचाइमा रहेको धार्मिकस्थल हो”, उनले भने, “तर यो स्थानको प्रचारप्रसारसँगै संरक्षणको काम हुन सकेको छैन । राज्य तहबाट यस्ता ठाउँको विकासमा ध्यान दिन आवश्यक छ ।”

मन्दिरको संरक्षण विकासको लागि काम गर्ने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको एउटा महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको विकासमा ध्यान दिने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताए ।

“टेम्के आफैँमा एक धार्मिकसँगै पर्यटकीयस्थल हो”, उपाध्यक्ष राईले भने, “तर यो ओझेलमा परेको छ । यहाँ दैनिकजसो मानिसको आवगमन हुन्छ । धार्मिक पर्यटनसँग जोडेर थप संरक्षणसँगै प्रचारप्रसारमा ध्यान दिन्छौँ ।”

यो स्थानलाई जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा स्थापित गर्नसके प्राकृतिप्रेमीको लागि यो उत्तम गन्तव्य बन्न सक्ने धार्मिक तथा पर्यटकीय क्षेत्र विज्ञहरु बताउँछन् ।
रासस

वि.सं.२०८० कात्तिक १३ सोमवार ११:११ मा प्रकाशित

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...