back
CTIZAN AD

आसन्न स्थानिय निर्वाचनमा काँग्रेस–माओवादीबीच चुनावी तालमेल

वि.सं.२०७४ वैशाख १४ बिहीवार

828 

shares

१४ वैशाख, बाबियाचौर (म्याग्दी)  । नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् ।

काँग्रेस र माओवादी केन्द्रले दुई÷दुईवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा तालमेल गरेर उम्मेदवारी दिनेलगायत सातबुँदे सहमति गरेका हुन् । काँग्रेसले बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको प्रमुख र अध्यक्ष तथा माओवादी केन्द्रले मङ्गला र धौलागिरि गाउँपालिकाको अध्यक्ष पद लिने सहमति गरेका दुई दलले प्रमुख पद पाएको ठाउँमा उपप्रमुख पद एक अर्कालाई छोड्ने सम्झौता गरेका छन् ।

दुई दलद्वारा गठित वार्ता टोलीले गरेको सहमतिको बारेमा जानकारी गराउन मङ्गलबार साँझ आयोजित पत्रकार भेटघाटमा नेपाली काँग्रेसका पूर्व सभापति तथा सांसद रेशमबहादुर बानियाँले राप्रपालाई समेत सहमतिमा ल्याउन पहल भइरहेको बताउनुभयो ।
दुवै दलले उम्मेदवार चयन गरिसकेको मालीका गाउँपालिकामा तालमेलको विषयमा उम्मेदवारका आकाङ्क्षीसँग संयुक्त छलफल गर्ने र तालमेल नभए स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । ४५ वटा वडामा तालमेल गर्ने अधिकार स्थानीय तह र वडा कमिटीलाई दिएको नेकपा (माओवादी केन्द्र)का संयोजक गोविन्द पौडेलले बताउनुभयो ।

स्थानीय तहको प्रभावकारी कार्यान्वयनका लागि सामाजिक र राजनीतिक एकताको वातावरण बनाउन चुनावी तालमेल गरेको काँग्रेस र माओवादी केन्द्रका नेताहरुले बताएका छन् । काँग्रेसले बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा हरिकुमार श्रेष्ठ र अन्नपूर्णको अध्यक्षमा डमबहादुर पुनलाई उम्मेदवार चयन गरेको छ ।

मङ्गला गाउँपालिकामा चन्द्रप्रसाद बुढाथोकी, धौलागिरिको प्रमुखमा खुमनाथ सुवेदी र रिमप्रकाश थापालाई उम्मेदवार बनाउन सिफारिस गरेको माओवादी केन्द्रले बेनी नगरपालिकाको उपमेयरमा ज्योति लामिछाने र अन्नपूर्णमा लालमाया पुनलाई उपाध्यक्षको उम्मेदवार चयन गरेको छ ।

काँग्रेसले मङ्गला र धौलागिरि गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार चयन गर्न बाँकी छ । विसं २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा एमाले विजयी भएको म्याग्दीका चारवटा स्थानीय तहमा दोस्रो र तेस्रो शक्तिबीचको तालमेलले चुनावी प्रतिस्पर्धा रोचक हुने विश्लेषण गरिएको छ ।

वि.सं.२०७४ वैशाख १४ बिहीवार ०९:३२ मा प्रकाशित

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...