back
CTIZAN AD

चौरी देउराली गाउपालिकाको उपाध्यक्षमा लामाको उम्मेदवारी

वि.सं.२०७४ वैशाख १४ बिहीवार

1.1K 

shares

pabitra-lama१४ बैशाख, काभ्रे । काभ्रेको कोशीपारी चौरी देउराली गाउँपालिकाको उपाध्यक्षमा समाजसेवी पवित्रा लामाको उम्मेदवारी पक्का भएको छ ।
कलाकार तथा समाजसेवी लामालाई राष्ट्रिय प्रजातन्त्रपार्टी पार्टीका तर्फबाट काभ्रे कोसिपारी चौरी देउराली गाउँपालिकाको उपाध्यक्षका लागि पार्टीले नाम प्रस्ताव गरेको बताएकी छन् ।
पवित्रा भन्छिन,‘म अब राजनीतिमा लागेर समाजसेवा गर्न चहान्छु अनि देशको सेवा गर्छु । समाज र देशको सेवा गर्ने पार्टी राप्रपा नै हो । राष्ट्रियता जोगाउन राप्रपा पार्टीले नै भोलि देशको बिकास गर्छ ।’
पवित्रा समाज सेवामा सक्रिय छन् । उनी सडकमा बेवारीसे बनेकाहरुको उद्धार तथा उपचारमा निस्वार्थ भावले खट्ने गरेकी छन् । बेबारिसे बेबस्थापन र पुनर्जिबन केन्द्र ‘एक्शन फर सोसल चेञ्ज’ मार्फत समाजसेवामा लागेकी लामा कुनै पनि क्षेत्रको नेतृत्व लिन सक्षम रहेको संस्थाका अध्यक्ष विनयजंग बस्नेतले बताए ।
राजनीतिमा लाग्नुको कारण बताउँदै लामा भन्छिन्, ‘कोसिपारी हरेक क्षेत्रमा समस्याहरु छन् । विशेषत बाटोको धेरै समस्या छ । बाटोघाटोका कारण मानिसहरुलाई आउँजाउँमा मात्र नभएर धेरै कुरामा पीडा खेप्नु परेको छ । मैले त्यसलाई मध्यनजर गर्दै चौरी देउराली गाउँपालिका समग्र विकास र त्यहाँका जनताको समृद्धिका लागि केही गर्न सक्छु भन्ने अठोट बोकेर उम्मेदवारी दिन लागेकी हुँ ।’ पवित्रा थप्छिन्, ‘जनताले विस्वास गरेर मलाइ चुन्नु भयो भने म यो कुरा पनि विश्वास दिलाउन चाहन्छु कि चौरि देवि गाँउपालिका नेपालकै उत्कृष्ट विकशित नमुना गाँउपालिका बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्नेछु । त्यसका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेकि छु आशा छ, जनताले सहि व्यक्ति छान्नु हुनेछ ।’

वि.सं.२०७४ वैशाख १४ बिहीवार ०७:५९ मा प्रकाशित

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी तीन प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...