back
CTIZAN AD

पत्रकार उप्रेतीद्वारा केन्द्रलाई सहयोग

वि.सं.२०७४ वैशाख १४ बिहीवार

744 

shares

upreti-from-uk
१४ वैशाख, रत्ननगर । पुर्वी चितवनको रत्ननगर, पिठुवा घर भई लामो समयदेखि बेलायतमा बसोबास गर्दै आउनु भएका पत्रकार, गीतकार एवम् गजलकार नृपेश उप्रेतीले गामवेशीको संरक्षण केन्द्रलाई रु. २५,०००।– (अक्षरेपिः पच्चीस हजार रुपैंया) सहयोग गर्नुभएको छ ।
पत्रकार उप्रेतीले आफ्नो गीती एल्बम ‘आहान अर्को खुशी’ को विक्रीबाट संकलित रकम पत्रकार रवि रोशी मार्फत केन्द्रमा पठाउनु भएको
हो । उप्रेतीले आफ्नो गजल संग्रह ‘मुसाफिर’ को काठमाडौंमा भएको विमोचन कार्यक्रममा केन्द्रका सल्लाहकार रवि रोशीलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । आज सल्लाहकार रोशी केन्द्रमा पुगी केन्द्रमा आश्रित बालबालिकाहरुलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । स्रष्टा उप्रेतीले आफ्नो गजल संग्रह ‘मुसाफिर’ को विक्रीबाट आउने रकम पनि केन्द्रमा आश्रित बालबालिकाहरुलाई हस्तान्तरण गरिने सल्लाहकार रोशीले जानकारी दिनु भएको छ ।

वि.सं.२०७४ वैशाख १४ बिहीवार १६:०४ मा प्रकाशित

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...