
काठमाडौं । निरन्तर सुनको भाउ ओरालो तर्फ लागिरहेको छ । आज पनि सुनको मूल्य प्रतितोला एक हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजानिक गरेको विविरण अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख १४ हजार ७०० थियो भने आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७०० रहेको छ ।
त्यसैगरि हिजो तेजावी सुन प्रतितोला १ लाख १४ हजार १५० मा कारोबार भईरहेको थियो भने आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार १५० कायमा भएको छ
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ३८५ रुपैयाँमा कायम भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३८० रुपैयाँमा कायम भएको छ ।
।
वि.सं.२०८० कात्तिक २३ बिहीवार १२:२५ मा प्रकाशित