back

जनार्दन शर्माद्वारा चरित्र हत्या नगर्न आग्रह

वि.सं.२०८० कात्तिक २३ बिहीवार

849 

shares

काठमाडौं । नेकपा मााओवादी केन्द्रका उपमहासचिव जनार्द शर्माले आफ्नो चरित्र हत्या नगर्न आग्रह गरेका छन् ।

देशको चर्चित राष्ट्रिय दैनिक पत्रिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितका लागि आएको राहतका विषयमा आफ्नो नाम जोडेर गलत प्रचार तथा चरित्र हत्या गरेको भन्दै खेद प्रकट गरेका छन् ।

‘समाचारमा उल्लेख भएका विषयवस्तु अहिलेको संवेदनशील अवस्थामा कान्तिपुर दैनिकले विगतदेखि निरन्तर रूपमा मेरो राजनीतिक जीवनमाथी प्रहार गरी बदनाम गरी चरित्रहत्या गर्ने कडीको रूपमा लिएको छु ।’ नेता शर्माले सामाजिक संजालमार्फत् भनेका छन् ।

यस्तो छ शर्माद्वारा जारी विज्ञप्ति
‘कान्तिपुर दैनिकको वर्ष ३१, अंक २५८, २३ कार्तिक २०८० विहीबारको अनुमान ‘भूकम्प राहतमा पूर्व अर्थमन्त्री शर्माको संवेदनहीन राजनीति’ शिर्षकमा प्रकाशित समाचारप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।
समाचारमा उल्लेख भएका विषयवस्तु अहिलेको संवेदनशील अवस्थामा कान्तिपुर दैनिकले विगतदेखि निरन्तर रूपमा मेरो राजनीतिक जीवनमाथी प्रहार गरी बदनाम गरी चरित्रहत्या गर्ने कडीको रूपमा लिएको छु ।
स्थानीय संवाददाताको हवाला दिँदै उक्त समाचारमा उल्लेख गरिए झै जाजरकोटको लागि आएको राहत सामाग्री मेरो दवावमा रुकुम पश्चिम कब्जा गरि लगिएको जस्ता भ्रामक र तथ्यहीन समाचार प्रकाशित भएको देख्दा म अचम्मित भएको छु ।

साथै उक्त समाचारलाई पुष्टि गर्न जाजरकोटका भेरी नगरप्रमुख चन्द्र प्रकाश घर्तीको भनाई समेत ‘कोड’ गरिएको छ, जुन विषय नगरप्रमुख स्वयंले आफूले बोल्दै नबोलेको विषय कान्तिपुरले मेरो भनाई भन्दै कसरी प्रकाशित गरेको व्यक्त गरे वाट उक्त समाचार कुन नियतका साथ प्रकाशित भएको छ भनी सजिलै अनुमान गर्न सकिन्छ ।
जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा भुकम्प गएको भोलीपल्ट देखीनै म यस क्षेत्रको एउटा जिम्मेवार राजनीतिकर्मीको रूपमा स्थानीय निकाय लगायत सरोकारवाला सबैसँग हातेमालो गर्दै अहोरात्र खटिरहेको यस्तो विपतकालीन संवेदनशील घडीमा एउटा जिम्मेवार प्रकाशन गृहले कुत्सित नियतका साथ तथ्य र यर्थाथतालाई तोडमोड गरी एकतर्फी ढंगबाट समाचार प्रकाशन गरिनु अत्यन्त खेदजनक रहेको ब्यहोरा सबैमा जानकारीका लागी अनुरोध साथै यस्ता गलत र भ्रामक समाचार प्रकाशन नगर्न÷नगराउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

वि.सं.२०८० कात्तिक २३ बिहीवार १३:१२ मा प्रकाशित

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले र सुमना बनिन् सहमहामन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै सांसदलाई केन्द्रीय सदस्यमा मनोनित...

ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्ने म्याद ९० दिन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा...

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

बिवाहमा गएका अधिकारीको कुटपिटबाट मृत्यु, सातजना पक्राउ

सुदूरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–९ घोराघाट गाउँमा भएको विवाह समारोहमा...

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

फेवातालको मापदण्ड कायमका लागि मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन

गण्डकी । फेवातालको मापदण्डका सन्दर्भमा सर्वोच्च अदालतबाट २०८० साल असार...

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

बिपीनको रिहाइको पहलका लागि परराष्ट्रमन्त्री कतार जाने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन्...

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...