back
CTIZAN AD

जनार्दन शर्माद्वारा चरित्र हत्या नगर्न आग्रह

वि.सं.२०८० कात्तिक २३ बिहीवार

1.7K 

shares

काठमाडौं । नेकपा मााओवादी केन्द्रका उपमहासचिव जनार्द शर्माले आफ्नो चरित्र हत्या नगर्न आग्रह गरेका छन् ।

देशको चर्चित राष्ट्रिय दैनिक पत्रिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितका लागि आएको राहतका विषयमा आफ्नो नाम जोडेर गलत प्रचार तथा चरित्र हत्या गरेको भन्दै खेद प्रकट गरेका छन् ।

‘समाचारमा उल्लेख भएका विषयवस्तु अहिलेको संवेदनशील अवस्थामा कान्तिपुर दैनिकले विगतदेखि निरन्तर रूपमा मेरो राजनीतिक जीवनमाथी प्रहार गरी बदनाम गरी चरित्रहत्या गर्ने कडीको रूपमा लिएको छु ।’ नेता शर्माले सामाजिक संजालमार्फत् भनेका छन् ।

यस्तो छ शर्माद्वारा जारी विज्ञप्ति
‘कान्तिपुर दैनिकको वर्ष ३१, अंक २५८, २३ कार्तिक २०८० विहीबारको अनुमान ‘भूकम्प राहतमा पूर्व अर्थमन्त्री शर्माको संवेदनहीन राजनीति’ शिर्षकमा प्रकाशित समाचारप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।
समाचारमा उल्लेख भएका विषयवस्तु अहिलेको संवेदनशील अवस्थामा कान्तिपुर दैनिकले विगतदेखि निरन्तर रूपमा मेरो राजनीतिक जीवनमाथी प्रहार गरी बदनाम गरी चरित्रहत्या गर्ने कडीको रूपमा लिएको छु ।
स्थानीय संवाददाताको हवाला दिँदै उक्त समाचारमा उल्लेख गरिए झै जाजरकोटको लागि आएको राहत सामाग्री मेरो दवावमा रुकुम पश्चिम कब्जा गरि लगिएको जस्ता भ्रामक र तथ्यहीन समाचार प्रकाशित भएको देख्दा म अचम्मित भएको छु ।

साथै उक्त समाचारलाई पुष्टि गर्न जाजरकोटका भेरी नगरप्रमुख चन्द्र प्रकाश घर्तीको भनाई समेत ‘कोड’ गरिएको छ, जुन विषय नगरप्रमुख स्वयंले आफूले बोल्दै नबोलेको विषय कान्तिपुरले मेरो भनाई भन्दै कसरी प्रकाशित गरेको व्यक्त गरे वाट उक्त समाचार कुन नियतका साथ प्रकाशित भएको छ भनी सजिलै अनुमान गर्न सकिन्छ ।
जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा भुकम्प गएको भोलीपल्ट देखीनै म यस क्षेत्रको एउटा जिम्मेवार राजनीतिकर्मीको रूपमा स्थानीय निकाय लगायत सरोकारवाला सबैसँग हातेमालो गर्दै अहोरात्र खटिरहेको यस्तो विपतकालीन संवेदनशील घडीमा एउटा जिम्मेवार प्रकाशन गृहले कुत्सित नियतका साथ तथ्य र यर्थाथतालाई तोडमोड गरी एकतर्फी ढंगबाट समाचार प्रकाशन गरिनु अत्यन्त खेदजनक रहेको ब्यहोरा सबैमा जानकारीका लागी अनुरोध साथै यस्ता गलत र भ्रामक समाचार प्रकाशन नगर्न÷नगराउन सम्बन्धित सबैमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

वि.सं.२०८० कात्तिक २३ बिहीवार १३:१२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...