back
CTIZAN AD

चरन क्षेत्र नहुँदा चौँरी पालक किसानलाई समस्या

वि.सं.२०८० कात्तिक २३ बिहीवार

1.4K 

shares

मन्थली (रामेछाप) । रामेछापको दोरम्वा गाउँपालिकाको शैलुङ क्षेत्रमा चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्र नहुँदा समस्या भएको छ । चरण क्षेत्रको अभाव हुन थालेपछि चौरीपालक किसानको पेसा नै सङ्कटमा पर्ने हो की भन्ने चिन्ताले सताएको छ ।

दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ क्षेत्रमा पुस्तौँदेखि चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्रको अभाव हुँदा समस्यामा परेका हुन् ।

यस क्षेत्रमा सडक नपुग्दासम्म चौँरीपालन गर्ने किसानको सङ्ख्या न्यून थियो । पछिल्लो समय चौँरीबाट उत्पादित दूध, ध्यू, छुर्पी, चिजलगायत वस्तु सडक सञ्जालका कारण बिक्री वितरणमा सहज हुन थालेपछि चौँरीपालक किसानको वृद्धि भएको स्थानीय बताउँछन् ।

चौँरीपालनबाट किसानले मनग्य आम्दानी गर्न थालेपछि लेकाली क्षेत्रका अन्य किसानले पनि चौँरी पाल्न सुरुवात गरेका किसान लालबहादुर योञ्जनले बताए । शैलुङ क्षेत्र उच्च लेकाली भू–भागमा पर्ने भएकाले यस क्षेत्रमा आलुबाहेक अन्य बालीनाली नहुने भएकाले पनि किसान चौँरीपालन तर्फ आर्कषित भएका उनको भनाइ थियो ।

हाल शैलुङका करिब २० घरधुरीले तीन सय ५० को हाराहारीमा चौँरीगाई पालन गर्दै आएका छन् । “वर्षादको समयमा घाँस उम्रने भएकाले केही सहज हुन्छ । तर पर्याप्त घाँस र चरण क्षेत्र नहुँदा समस्या भएको छ”, योञ्जनले भने, “हिउँदको समयमा घाँसको झनै समस्या हुने गरेको छ ।”

चौँरीपालक किसानले पहिला स्थानीय गोदावरी र कालिञ्चोक सामुदायिक वनलाई चरन क्षेत्रको रुपमा प्रयोग गर्दै आएका जनाउँदै अहिले सामुदायिक वनले चरन क्षेत्र रोकेपछि झनै समस्या भएको उनले बताए । हाल किसानले आफ्नै खरबारीमा चरन क्षेत्र बनाएर चाँैरी चराउने गरेका छन् ।

चौँरीपालक किसानले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग पाउन नसकेको दोरम्बा–१ राजभिरका फर्वा शेपाले गुनासो गरे । विगत वर्षमा शैलुङ क्षेत्रमा चौँरीगाई पाल्ने किसान थोरै हुँदा समस्या नभएका बताउँदै किसानको सङ्ख्या बढेसँगै समस्या पनि बढेको उनको भनाइ थियो ।

पछिल्लो समयमा चौँरीपालन किसान बढेसँगै गोठ निर्माण तथा चरन क्षेत्र तत्काल व्यवस्थापन गर्ने तयारी भइरहेको गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताइन् ।

समयमानै चरण क्षेत्र व्यवस्थापन गर्न नसके शैलुङ क्षेत्रमा चौँरी पालन नै सङ्कटमा पर्ने किसानको भनाइ थियो । स्थानीय निकायले यसतर्फ ध्यान दिनुपर्ने उनीहरु बताउँछन् ।
रासस फाइल फोटो

वि.सं.२०८० कात्तिक २३ बिहीवार १३:१५ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...