back
CTIZAN AD

जाजरकोट भूकम्प पीडित पत्रकारका लागि सहयोग गर्न महासंघको अपिल

वि.सं.२०८० कात्तिक २३ बिहीवार

1.3K 

shares

काठमाडौं । पत्रकार महासंघले जाजरकोट भूकम्पबाट प्रभावित पत्रकारहरुका लागि आर्थिक सहयोगको अपिल गरेको छ ।
महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेकोले उनीहरुको आर्थिक सहयोगका लागि अपिल गरेको हो र

 

अपिलमा भनिएको छ,
‘जाजरकोटको रामीडाँडा केन्द्रबिन्दू भएर मिति २०८० कात्तिक १७ गते राति गएको भूकम्पले जाजरकोट र रुकुममा ठुलो जनधनको क्षति गरेको छ । यसबाट सञ्चारमाध्यम र सञ्चारकर्मीसमेत प्रत्यक्ष प्रभावित भएका छन् । प्रारम्भिक जानकारीअनुसार जाजरकोट र रुकुमपश्चिमका ५६ जना पत्रकारको घर र १० वटा सञ्चारमाध्यमका कार्यालय भवनमा क्षति पुगेको छ ।
जनतालाई सूचना तथा समाचार प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई विपद्को बेला राहत उपलव्ध गराउनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले सहयोगको लागि आह्वान गर्ने निणर्य गरेको छ । सरकारी तथा गैरसरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ संस्था, नेपाल पत्रकार महासंघका स्वदेश तथा विदेशमा रहेका शाखा र महासंघसँग मैत्रीपूणर् सम्बन्ध भएका सञ्चारसंस्थाका साथै इच्छुक व्यक्तिहरूलाई तपसिलको कोषमा सहयोग रकम जम्मा गर्नुहुन अनुरोध गर्दछौं ।’ महासचिव रोशन पुरीद्वारा जारी अपिलमा भनिएको छ ।

खातावालाको नाम

Federation of Nepali Journalist

बैंक : प्रभू बैंक
शाखा : सिनामंगल
खाता नं. : ०१८००१९४७०१०००१२

वि.सं.२०८० कात्तिक २३ बिहीवार १३:२५ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...