back
CTIZAN AD

तयारी पोशाक श्रमिकमाथि बङ्गलादेशमा प्रहरीद्वारा अश्रुग्यास प्रहार

वि.सं.२०८० कात्तिक २३ बिहीवार

1.1K 

shares

गाजिपुर (बङ्गलादेश) । सरकारले प्रस्ताव गरेको पारिश्रमिक वृद्धिलाई अस्वीकार गर्ने तयारी पोशाक श्रमिकको विरोध प्रदर्शनमा हिंसा भड्किएपछि बङ्गलादेश प्रहरीले बिहीबार रबरको गोली र अश्रुग्यास प्रहार गरेको अधिकारी र प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

सरकारले नियुक्त गरेको प्यानलले मङ्गलबार मुलुकको तयारी पोशाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो । श्रमिकहरूले भने आफ्नो मासिक पारिश्रमिकमा करिब तीन गुणाले वृद्धि गर्नुपर्ने माग गरिरहेका छन् ।

बङ्गलादेशको तीन हजार पाँच सय तयारी पोशाक कारखानाले मुलुकको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा करिब ८५ प्रतिशत योगदान गर्दछन् । यी कारखानाले लेभी, जारा र एच एन्ड एमलगायत विश्वका थुप्रै शीर्ष ब्रान्डहरूलाई तयारी पोशाक आपूर्ति गर्दछन् ।

तर यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको स्थिति दयनीय छ । यिनीहरूमा अधिकांश महिला छन् र उनीहरूको मासिक पारिश्रमिक आठ हजार तीन सय टाका (७५ अमेरिकी डलर) बाट सुरु हुन्छ ।

एक हजारभन्दा बढी श्रमिकले प्यानलको प्रस्तावलाई अस्वीकार गर्दै एउटा राजमार्गमा विरोध प्रदर्शन गरेपछि राजधानी ढाकाबाहिरको औद्योगिक सहर गाजिपुरमा हिंसा भड्किएको प्रहरीले जनाएको छ ।

“श्रमिकहरूले सडक अवरुद्ध गर्ने प्रयास गरेपछि हामीले उनीहरूलाई तितरबितर गर्न अश्रुग्यास र रबरको गोली प्रयोग गर्नुपर्यो”, घटनास्थलमा रहेका एएफपीका संवाददातालाई गाजिपुरका प्रहरी उपप्रमुख अशोककुमार पालले भने । श्रमिकहरूले अधिकारीहरूमाथि इँटा र ढुङ्गा प्रहार गरेको र सडकमा आगो लगाएको प्रहरीले जनाएको छ ।

श्रमिकहरूले २३ हजार टाकासम्म पारिश्रमिक वृद्धिको माग गरिरहेका छन् र उनीहरूको प्रतिनिधित्व गर्ने युनियनहरूले प्यानलको वृद्धि प्रस्तावलाई ‘हास्यास्पद’ भन्दै अस्वीकार गरेका छन् । उत्तरी ढाकाको उपनगर अशुलियामा पनि कयौँ हजार श्रमिकले कारखाना छोडेको प्रहरीले बताएको छ ।

गत साता प्रमुख औद्योगिक सहरहरूमा पारिश्रमिकसम्बन्धी विरोध प्रदर्शन सुरु भएपछि कम्तीमा तीन श्रमिकको मृत्यु भएको प्रहरीले बताएको छ । तीमध्ये बुधबार २३ वर्षीया एक महिलाको गोली हानी हत्या गरिएको थियो । विरोध प्रदर्शनमा कम्तीमा पाँच प्रहरी अधिकारी पनि घाइते भएका छन् ।

युनियनहरूले प्यानलको पारिश्रमिक वृद्धि खाना, घरभाडा र छोराछोरीको शिक्षा तथा हेरचाहको बढ्दो मूल्यअनुसार नभएको बताएका छन् ।
एएफपी

वि.सं.२०८० कात्तिक २३ बिहीवार १४:१७ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...