काठमाडौं । सरकारले पोर्चुगलमा दूतावास स्थापना गर्ने भएको छ ।
युरोपियन देश पोर्चुगलमा रहने नेपालीको संख्या धेरै भएपनि हालसम्म दूतावास खुलेको थिएन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै सनिल नेपालको नाम राजदूतमा सिफारिस गरेको सूचना समेत जारी गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषदले गरेको निर्णय सुनाउँदै सो कुराको जानकारी दिएकी हुन् ।
कात्तिक पहिलो साता पोर्चुगलमा अवासीय दूतावास खोल्ने निर्णय गरेको सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट दूतावास खोल्ने निर्णय गरेको हो ।
हाल विदेशमा नेपालका तर्फबाट ४० वटा कुटनीतिक नियोग रहेका छन् । जसमा ३० देशमा आवासीय दूतावास, ३ देशमा स्थायी नियोग र ७ महाबाणिज्य दूतावास स्थापना गरी सेवा प्रवाह गर्दै आएको छ ।
वि.सं.२०८० कात्तिक २३ बिहीवार १४:२७ मा प्रकाशित






























