काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका स्वीकृत गरेको छ ।
आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० परिमार्जनसहित स्वीकृत गर्ने निर्णय भएको जानकारी दिएकी हुन् ।
वि.सं.२०८० कात्तिक २३ बिहीवार १४:४३ मा प्रकाशित




























