back
CTIZAN AD

माथिल्लो मैलुङको आईपीओ नेप्सेमा सुचिकृत

वि.सं.२०८० कात्तिक २३ बिहीवार

1K 

shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्काशन गरेको आईपीओ सुचिकृत भएको छ । आज बिहिबार कम्पनीको १ करोड कित्ता शेयर सुचिकृत भएको हो ।

आज बिहिबार शेयर सुचिकृत भएसंगै मङ्सिर ४ गते सोमबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ । सोमबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९६.१४ रुपैयाँ देखि २८८.४२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न गरेको छ । कम्पनीको एनएमकेजेएल सिम्बलबाट कारोबार हुने छ ।

यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०९० साउन १५ बाट ब्यापारिक उत्पादन थाल्ने लक्ष्य राखेको छ । आयोजनाको कुल लागत २ अर्ब ५० करोड अनुमान गरिएको छ । प्रति मेगावाट लागत भने १७ करोड ४८ लाख अनुमान गरिएको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब पुगेको छ ।

 

वि.सं.२०८० कात्तिक २३ बिहीवार १४:५१ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...