back
CTIZAN AD

नाथमको विज्ञ टोलीद्वारा रैथाने खानाको अनुसन्धान

वि.सं.२०८० कात्तिक २३ बिहीवार

1.1K 

shares

झापा । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को विज्ञ टोलीले झापाका तीन वटा जातिको रैथाने खानाको अध्ययन गरेको छ । पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्रतिष्ठानबाट रैथाने खानाको अध्ययनका लागि पर्यटन विज्ञ डा आलोक प्रसाइँको नेतृत्वमा चार सदस्यीय टोली झापा आएको हो ।

उक्त टोलीले झापामा पहिलो चरणमा राजबंशी, सन्थाल र जोगी समुदायको जातीय रैथाने खानाको पहिचान गर्ने टोली प्रमुख डा प्रसाइँले बताए । उनका अनुसार मेचीनगर नगरपालिकाको बाहुनडाँगीमा जोगी समुदाय, झापा गाउँपालिकामा सन्थाल समुदाय र कचनकबल गाउँपालिकामा राजबंशी समुदायको रैथाने खानाको खोज तथा अनुसन्धान गरेको छ ।

“राजबंशी र जोगी समुदायको अध्ययन र पहिचान पूरा भइसकेको छ,” उनले भने, “अहिले झापा गाउँपालिकामा सन्थाल समुदायको खानाको अध्ययन गरिरहेका छौँ ।” नेपालमा रहेका एक सय ४२ जातिकै रैथाने खानाको अध्ययन गर्ने लक्ष्य लिएको प्रतिष्ठानले कात्तिक महिनाभित्र पहिलो चरणमा ४० वटाभन्दा बढी जातिको खानाको पहिचान गरिसक्ने भएको छ ।

बागमती प्रदेशको १३ वटा, गण्डकी प्रदेशका १२ वटा र मधेस प्रदेशको आठ वटा जातिको रैथाने खानाको पहिचान भइसकेको उनले जानकारी दिए । हाल टोलीले कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, इलाम र झापाको केही जातिको रैथाने खानाको अध्ययन गरिरहेको छ । झापाका आदिवासी जातिमध्ये राजबंशी र सन्थालको मौलिक संस्कृति, संस्कार र खाना लोपोन्मूख अवस्थामा पुगिसकेको छ । आधुनिक खानाका परिकारले रैथाने खानालाई लोप हुने अवस्थामा पुर्याएका छन् । राजबंशी जातिको भाकालगायतका रैथाने खाना निकै लोकप्रिय मानिन्छ ।

यस्ता खानेकुरा स्वस्थवद्र्धक र स्वादिला हुने गरेका छन् । टोलीले समुदायको घर आँगनमै पुगेर रैथाने खानाको अध्ययन गरिरहेको मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । मेचीनगर नगरपालिका–४ जोगीडाँडामा जोगी समुदायको ४२ परिवारको बसोबास रहेको र उनीहरुको परम्परागत मौलिक खानेकुरा हराउँदै गएकोमा वडाध्यक्ष कार्कीले चिन्ता व्यक्त गरे । “लोप हुन लागेका खानाको सरकारी तहबाटै संरक्षण र खोजी हुनु ज्यादै खुसीको विषय हो”,उनले भने । रैथाने खानाको अध्ययनका लागि सरकारी टोलीले स्थानीय जनप्रतिनिधि र समुदायका पाकासँग गहन छलफल र अनुसन्धान गर्दै आएको छ ।

अध्ययन टोलीले समुदायका ज्येष्ठ नागरिकसँग ६० वर्षअघिको खानाबारे विस्तृतमा सोधपुछ गरेर त्यसको स्वाद, बनाउने तरिका र उपयोगिता बारेमा जानकारी लिने गरेको टोलीका प्रमुख डा प्रसाइँले बताए । नेपाली जातीय रैथाने खानाको पहिचान गरेर किताब प्रकाशित गर्ने र त्यसलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा ब्राण्डिङ गरेर होटलको खाना सूचीमा समावेश गर्न लगाउने योजना रहेको उनले जानकारी दिए ।

 

वि.सं.२०८० कात्तिक २३ बिहीवार १७:४२ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...