back
CTIZAN AD

सुशासन कायम गर्न सरकार दृढतापूर्वक लागेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

वि.सं.२०८० कात्तिक २३ बिहीवार

870 

shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन् । ‘प्रतिमान-नीमा स्मृति प्रतिष्ठान’को २०औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उनले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढेको वर्तमान सरकार देशमा विद्यमान चुनौतीलाई अवसरमा बदल्न क्रियाशील रहेको बताएका हुन् ।

“दश महिनाको अवधिमा अर्थतन्त्रको सङ्कट अन्त्य गर्दै अर्थतन्त्रमा परेको दबाब अन्त्य गर्न मेहनत गरिएको छ । अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक छन्, यद्यपि दबाब अन्त्यका लागि रणनीतिक कदम चाल्नुपर्ने आवश्यकता महसुस भएको छ”, उनले भने ।

आफ्नो भारत, इटाली, अमेरिका र चीन भ्रमणबाट नेपालको राष्ट्रिय हित प्रर्वद्धनमा योगदान भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले हालै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गरेको नेपाल भ्रमण र नेपालप्रति व्यक्त विचारले सिङ्गो विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताए । “यसले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनको तर्जुमा, जलवायु परिवर्तनले नेपालमा पारेको बहुआयमिक प्रभावलाई कम गर्न, कार्बन उत्र्सजन नियन्त्रणबापत नेपालले प्राप्त गर्नुपर्ने ‘रोयल्टी’, जलवायु परिवर्तनका क्षेत्रमा नेपाल नेतृत्व देशका रूपमा प्रस्तुत हुने आधार प्रस्तुत गरेको छ”, उनले भने, “यो हाम्रा लागि महत्त्वपूर्ण उपलब्धि हो ।

जाजरकोट भूकम्पबाट भएको अकल्पनीय क्षतिले देश शोकमा परेकोे उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भूकम्पपछि उद्धार र राहतमा सरकारले लिएको पहलकदमीले पुनःस्थापनामा पनि प्रभावकारी र वैज्ञानिक भूमिकाको आधार तयार भएको बताए । “सरकारले २०७२ को भूकम्पबाट शिक्षा लिएर यसपटक वैज्ञानिक र व्यवस्थितरूपमा पुनःस्थापनाको काम अगाडि बढाउने छ”, उनले भने ।

वि.सं.२०८० कात्तिक २३ बिहीवार २०:३४ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...