back
CTIZAN AD

जाजरकोट भूकम्पपीडितलाई दुई स्थानीय तहद्वारा १० लाख सहयोग

वि.सं.२०८० कात्तिक २३ बिहीवार

1.1K 

shares

दमौली । जाजरकोट भूकम्पपीडितका लागि तनहुँका दुई स्थानीय तहले आर्थिक सहयोग गरेका छन् । जिल्लाको व्यास नगरपालिका र देवघाट गाउँपालिकाले भूकम्पपीडितको उद्धार र राहतका लागि रु १० लाख सहयोग गरेका हुन् । दुवै पालिकाले रु पाँच-पाँच लाख सहयोग गरेका छन् ।

व्यास नगरपालिकाको बैठकले विपद् व्यवस्थापन कोषबाट रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । उनले भने, “विपद्को अवस्थामा देशैभरबाट सहयोग भइरहेको अवस्थामा हामीले पनि केही सहयोग गर्ने निर्णय गरेका हौँ ।”

नगरपालिकाले भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

भूकम्पबाट व्यास नगरपालिकाभित्र पनि केही घरहरु भत्किन गएको सूचना प्राप्त भएकाले सबै नगरवासी दाजुभाइलाई सुरक्षित रहन, कुनै विपद्जन्य अवस्था आइपरेमा नगरपालिकालाई सूचित गर्न आग्रह गरिएको छ ।

जाजरकोट भूकम्पपीडितका लागि तनहुँकै देवघाट गाउँपालिकाले पनि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । यस्तै नेपाली कांग्रेस तनहुँका तर्फबाट रु २५ हजार सहयोगको निर्णय भएको छ । देवघाट गाउँपालिकाका प्रमुख तिलबहादुर थापाले भूकम्पपीडितका लागि सर्वसाधारणबाट पनि राहत सङ्कलन भइरहेको जानकारी दिए ।

गाउँपालिकाले भूकम्पपीडितका लागि थप सहयोग गर्न वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको संयोजकत्वमा राहत सङ्कलन समितिसमेत गठन गरेको छ । गाउँपालिकाका अध्यक्ष थापाले भने, “सहयोग गर्न इच्छुकलाई सहयोगका लागि आह्वान गरेका छौँ । सबै वडाबाट स्वतःस्फूर्तरूपमा सहयोग सङ्कलन गरिनेछ ।”
रासस/ फाइल फाेटाे

वि.सं.२०८० कात्तिक २३ बिहीवार २२:०३ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...