back
CTIZAN AD

जाजरकोट भूकम्पपीडितका लागि कांग्रेसको राहत कोषमा दुई लाख ५१ हजार सहयोग

वि.सं.२०८० कात्तिक २३ बिहीवार

903 

shares

काठमाडौँ । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ एकाइ समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई रु दुई लाख ५१ हजार पाँच सय ५५ सहयोग गरेको छ । समितिले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण जनधनको क्षति व्यहोरेका त्यस क्षेत्रको पीडित जनताको पुनःस्थापना र उपचारका लागि उक्त रकम सहयोग गरेको हो ।

भूकम्पपीडितका लागि नेपाली कांग्रेसले स्थापना गरेको राहत कोषमा जम्मा हुने गरी उक्त रकम हस्तान्तरण गरेको कांग्रेस काठमाडौँ महानगरपालिका-४ का सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए । एकाइ समितिले उक्त रकम आज कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो ।

भूकम्पको भयावह अवस्थाबाट गुज्रिएका सम्बन्धित क्षेत्रका जनताको तत्काल उद्धार र घाइतेको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनःस्थापनालाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको सभापति न्यौपानेले बताए ।

यसअघि सो समितिले कात्तिक २५ गते चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने तयारी गरेकामा भूकम्पका कारण पार्टी केन्द्रको निर्देशानुसार उक्त कार्यक्रम रद्द गरेको थियो ।

वि.सं.२०८० कात्तिक २३ बिहीवार २१:५१ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...