काठमाडौं । यो वर्षको तिहारमाा काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ ।
विगतका वर्षहरुमा कोभिड १९ तथा सुरक्षाका कारण तिहारका बेला ९ बजेसम्म मात्र देउशी भैलो खेल्न पाउने अनुमति दिइएपनि यो वर्ष राति १ बजेसम्म खेल्न पाइने महानगरका मेयर बालेन शाहले बताएका छन् ।
‘बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगरभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,’ शाहले भनेका छन्,‘ यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले ‘राती १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौ । सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौ ।’
वि.सं.२०८० कात्तिक २४ शुक्रवार १३:१३ मा प्रकाशित






























