काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाले बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको विवरण माग गरेको छ ।
पालिकाले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय बैदेशिक रोजगार बोर्डको सचिवालयको पुन ः एकिकरण कार्यक्रम अन्तर्गत उक्त विवरणको माग गरेको हो ।
‘चालु आ.व २०८०/०८१ स्वदेशमा नै उद्यमशीलता विकास गर्न सक्ने गरी सिप विकास तालिम प्रदान गर्ने लगायतका कार्यक्रमहरु संचालन गर्ने कार्यक्रम रहेकाले यस खार्पुनाथ गाउँपालिकाबाट बैदेशिक रोजगारमा गइ फर्किएका व्यक्तिहरुको अद्यावधिक लागत विवरण माग गरिएको हुँदा कात्र्तिक २० गतेभित्र यस पालिकाको कार्यालयमा बैदेशिक रोजगारसँग सम्बन्धीत आवस्यक कागजात सहित सम्पर्क गर्न सूचना प्रकाशन गरिएको छ ।’ पालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु बहादुर शाहीद्वारा जारी सूचनामा भनिएको छ ।
वि.सं.२०८० मंसिर ५ मंगलवार १४:४९ मा प्रकाशित





























