back
CTIZAN AD

नारायणी नदीमा २ हजार माछाका भुरा छाडियो

वि.सं.२०८० मंसिर ६ बुधवार

1K 

shares

नवलपुर । नारायणी नदीमा दुई हजार माछाका भुरा छाडिएको छ । विश्व मत्स्य दिवसको अवसर पारेर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरले नारायणीमा रहु फिंगर प्रजातिका दुई हजार माछाका भुरा छोडेको हो ।

केन्द्रीय मत्स्य प्रवर्द्धन केन्द्रले जल तथा जलमा आश्रित भएका समुदायहरुको संरक्षणका लागि नदीमा माछा छोड्ने निर्णय गरेअनुसार नारायणीमा माछाका भुरा छोडिएको केन्द्रका मत्स्य विकास अधिकृत सन्दीप लामिछानेले जानकारी दिए ।

नदीमा आश्रित थुप्रै परिवार रहेकाले उनीहरुलाईसमेत ध्यान दिएर माछा नदीमा छोडेको लामिछानले बताए । नारायणी नदीमा केही हजार माछाका भुरा छोड्दैमा माछाको संख्या नबढ्ने भए पनि सानो भए पनि शुभकार्य गरेको उनको भनाई छ ।

माछा धेरै जिवजन्तुको आहारा भए पनि यसको संरक्षणमा पनि ध्यान दिनु पर्ने भएकाले माछाको संख्या बृद्धि गर्न, नदीमा आश्रित परिवारलाई राहात दिन र पर्यावरण संरक्षणमा सहयोग पुग्ने केन्द्रको विश्वास छ ।

नेपालमा हरेक वर्ष एक जनाका लागि साढे २० किलो माछा आवश्यक पर्ने भए पनि नेपाली उत्पादन भने तीन किलोभन्दा बढी हुन नसकेको बताइएको छ । त्यसैले नेपाल माछामा आत्म निर्भर हुन सकेको छैन । तर माछा उत्पादक किसानले भने नेपालका सबै ठाउँमा सबै सिजमा माछा उत्पादन गर्न कठिन भएको र उत्पादन हुने समयमा बजार अभाव हुने गरेको बताउँछन् ।

नवलपुर मत्स्य व्यवशायिक कृषक समूहका अध्यक्ष इन्द्रमणि भुसालले सरकारले माछा पालक किसानका लागि गरेको सहयोग पर्याप्त नभएको बताए । उनले नेपाली माछाको उत्पादनदेखि बजारीकरणसम्म नै समस्या रहेको बताए ।

कुमारवर्ती माछा पालन समूहका अध्यक्ष छविलाल महतोले फर्मालिनमा डुबाएर ल्याएका भारतीय माछासँग नेपाली माछाले प्रतिश्पर्धा गर्न नसकेको बताए ।

सरकारले माछाको भुरामा अनुदान, दाना बनाउने मेशिन, माछालाई चाहिने अक्शिजन, पोखरी खन्न अनुदान दिने गरे पनि त्यो प्रयाप्त नभएको किसानको भनाई छ । नवलपुरमा आवश्यक पर्ने माछा र उत्पादन कति हुन्छ भन्ने एकिन तथ्यांक भने छैन ।

वि.सं.२०८० मंसिर ६ बुधवार ०९:१९ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...