back
CTIZAN AD

प्रचारप्रसारको अभावमा हम्पाल ओझेलमा

वि.सं.२०८० मंसिर ६ बुधवार

1.7K 

shares

पर्वत । कालाञ्जर पर्वतको नामले परिचित पर्वत जिल्लाको सबैभन्दा उच्च स्थानमा रहेको प्रसिद्ध पर्यटकीय क्षेत्र हम्पालको लेक सुनसान बनेको छ । पछिल्लो समय सडक पूर्वाधारको पहुँच पुगेपनि उचित प्रचारप्रसारको अभावमा पर्यटक पुग्न नसक्दा सो स्थान ओझेलमा पुगेको हो ।

समुद्री सतबाट तीन हजार तीन सय मिटरको उचाइमा सो स्थान रहेको छ । स्थानीय बलबहादुर पुनले उच्च, फराकिलो भू–भाग, घना जङ्गल, जुडीबुटी, पानीको पर्याप्त सुविधा, विभिन्न धार्मिकस्थल सहितको ठाउँ भए पनि आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए । सरोकारवाला निकायको बेवास्ताका कारण ओझेलमा परेको उनकोे भनाइ छ ।

हम्पालमा खासगरी सयाँै थरिका जडीबुटी, काठपात, वन्यजन्तु र सोही स्थानमा रहेको पहाडबाट वरपरका जिल्लाको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । दुई दर्जनभन्दा बढी हिमशृङ्खलाको सहज रुपमा अवलोकन गर्न सकिने स्थान हो । पर्यटकलाई घुम्ने र विभिन्न विषयका बारेमा अध्ययन गर्ने गन्तव्यको रुपमा यो क्षेत्रलाई विकास गर्न सकिने सम्भावना रहेको छ ।

लालीगुराँसको पहाडका नामले पनि परिचित उक्त क्षेत्रमा हम्पाल डाँडा, जलजला, फलेकखर्क, सिर्पु चर्चित नाम हुन् । यहाँबाट सूर्योदय र सूर्यास्तको सहज रुपका अवलोकन गर्न सकिन्छ । हम्पाल लेकबाट पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङलगायतका जिल्लाको अवलोकन गर्न सकिने भएकाले दृश्यावलोकनमा रुचि राख्ने पर्यटक अहिले पनि त्यहाँ पुग्ने गरेको स्थानीय मनबहादुर भण्डारीले बताए ।

हम्पालमा पर्वतको सदरमुकामदेखि दुर्लुङहुँदै शालिजाको तारेबाट पनि जान सकिन्छ भने मोदी गाउँपालिका–४ क्याङको लेस्पार र जलजला गाउँपालिका वडा नं ६ शालिजाको तारे र फलामेडाँडाबाट पनि पुग्न सकिन्छ । खासगरी ग्रामीण सडक छाडेर दुईदेखि तीन घण्टाको पैदलयात्रामा पुग्न सकिने उक्त क्षेत्रलाई जिल्लाका विभिन्न निकायले पनि विशेष प्राथमिकतामा राखेर यसको प्रवद्र्धनमा जुट्नुपर्ने भए पनि अहिलेसम्म त्यस्तो हुन नसकेको पर्यटन व्यवसायी शिवशर्मा पौडेलले बताए । उनका अनुसार सो स्थानमा १२ थरिका लालीगुराँस र जुडीबुटी पाइन्छ । यहाँको वनक्षेत्रलाई उपयोग गर्न सक्ने हो भने जिल्लामा वार्षिक करोडौँ रुपैया आम्दानी गर्न सकिने स्थानीयवासी बलबहादुर पुनले बताए ।

सोही स्थानमा रहेको सिर्पुमा परम्परागत रुपमा विभिन्न मेला लाग्ने भए पनि अहिले भने लोप भइसकेको छ । सोही क्षेत्रमा धौलागिरीकै सबैभन्दा ठूलो ढुङ्गाखानी अवस्थित छ । स्थानीय सामुदायिक वनको विवादका कारण अहिले उक्त ढुङ्गाखानी बन्द अवस्थामा रहेको छ । हम्पालबाटै पातीखोला, लुङ्दीखोला र पुम्दीखोला जस्ता जिल्लाका ठूला खोलानाला बग्ने गर्दछन् । हिउँदको समयमा हिउँपर्ने उक्त स्थानमा अन्य समयमा भने पहारिलो र मनोरम मानिन्छ ।

हम्पालसँगै रहेका पर्यटकीय क्षेत्रका रुपमा परिचित मोहोरेडाँडा, म्याग्दीको नागी, पुनहिल, फलामेडाँडालगायतका ठाउँमा अहिले पनि दैनिक दर्जनौँ जनाको सङ्ख्यामा पर्यटक पुग्ने गर्दछन् । हम्पालको पर्याप्त प्रचारप्रसार गर्ने हो भने यस क्षेत्रमा आएका बाह्य पर्यटकलाई पनि सजिलै भित्र्याउन सकिने पर्यटन व्यवसायी नरसिंह पुनले बताए ।

पर्याप्त पानीको स्र्रोत र समथर भू–भाग रहेकाले यहाँ पुग्ने पर्यटकलाई जलयात्रा गर्न ताल निर्माण गर्ने, १६ जिल्ला तथा हिमशृङ्खलाको दृश्याबलोकनका लागि भ्यू टावर खडा गर्ने र यहाँ पुग्ने बाह्य तथा आन्तरिक पर्यटकलाई खाने बस्ने व्यवस्थाका लागि ‘हट रिसोर्ट’ निर्माण गर्न सकेमा उक्त क्षेत्रमा वर्षेनी हजाराँै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।

यो क्षेत्रको प्रवद्र्धनका लागि विराट महायज्ञ लगाउने तयारी जलजला गाउँपालिकाले केही वर्ष अघिदेखि गरेको भए पनि सम्भव हुनसकेको छैन । हालै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अन्नपूर्ण राउण्ड पदमार्गको विकल्पमा घान्द्रुक– घोरेपानी–मोहोरेडाँडा–जलजला–भूकम्पको पदयात्रा सम्पन्न गरेका थिए । पर्वतको पातीचौरदेखि मोहोरेडाँडासम्म झण्डै २८ किलोमिटर लामो पदमार्ग समेत निर्माण भइसकेको छ ।

 

वि.सं.२०८० मंसिर ६ बुधवार १५:१३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...