काठमाडौँ । धनकुटामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । धनकुटा नगरपालिका-१ निगालेको एक घरभित्र तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।
घरमुली ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुष गुरुङको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
टीकारामको शव झुण्डिएको अवस्थामा र आमा छोराको शव ओछ्यानमै फेला परेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० मंसिर ७ बिहीवार ०९:४५ मा प्रकाशित






























