back
CTIZAN AD

जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा अस्थायी सिकाइ केन्द्र स्थापना गरी पठनपाठन सुरु

वि.सं.२०८० मंसिर ७ बिहीवार

1K 

shares

त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ५ रेक्टरस्केलको भूकम्पले मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पुर्यायो । त्यसमा विद्यालयका भवन पनि सुरक्षित रहन सकेनन् । विद्यालय भवनमा क्षति पु¥याएपछि विद्यालय नजिकै विद्यार्थीका लागि त्रिपाल प्रयोग गरेर अस्थायी सिकाइ केन्द्र स्थापना गरी बालबालिकाको पठनपाठन सुरु गरिएको छ ।

जिल्लाभरमा कूल दुई सय १३ वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरिएको छ । केही सिकाइ केन्द्र स्थापना भएर पठनपाठन सुरु भएको छ भने केही निर्माणको क्रममा रहे पनि पठनपाठन भने जिल्लाभर नै सुरु भइसकेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ताराप्रकाश पुनले जानकारी दिए ।

भूकम्पले बढी प्रभावित पारेको आठविसकोट नगरपालिकामा एक सय ३९ र सानीभेरी गाउँपालिकामा ७४ सिकाइ केन्द्र स्थापना गरिएको छ । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफीकोट गाउँपालिकामा भूकम्पले विद्यालय भवनमा त्यति धेरै क्षति नगरेकाले विद्यालय भवनबाटै पठनपाठन भइरहेको एकाइ प्रमुख पुनले जानकारी दिए । एक महिनाको लामो बिदापछि सोमबारदेखि विद्यालय खुलेका छन् ।

भूकम्पले आठविसकोटका ६४ विद्यालयमध्ये ५३ मा क्षति पु¥याएको छ । जसमा दुई सय ५२ वटा कक्षाकोठा र ७६ वटा शौचालयमा क्षति पुगेको आठविसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले जानकारी दिए । नगरपालिकामा नौ हजार आठ सय ४७ विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन् । एघार विद्यार्थीको मृत्यु भएको छ भने एक जना कार्यालय सहयोगीको पनि भूकम्पमा परी मृत्यु भएको छ ।

नगरपालिकाका अधिकांश ठाउँमा पठनपाठन सुरु भए पनि केही ठाउँमा अस्थायी सिकाइ केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेकाले तत्काल पठनपाठन सुरु हुने उनले जानकारी दिए । भूकम्पले शैक्षिक सामग्रीमा क्षति पुगेकाले आवश्यक सामग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।

भूकम्पप्रभावित क्षेत्रका सबै ठाउँमा अस्थायी सिकाइ केन्द्र निर्माण सकिएकै छैन । अस्थायी सिकाइ केन्द्र निर्माण नभएका ठाउँमा विद्यालयको खुला चउरबाटै पठनपाठन भइरहेको शिक्षा विकास तथा समन्वय एकाइ रुकुम पश्चिमले जनाएको छ ।

भूकम्पका कारण रुकुम पश्चिममा एक सय आठ विद्यालयका पाँच सय ४४ वटा कक्षा कोठामा क्षति पुगेको छ भने एक सय ३८ वटा शौचालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।
रासस /फाइल फोटो

वि.सं.२०८० मंसिर ७ बिहीवार १०:२४ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...