back
CTIZAN AD

सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माण सुरु

वि.सं.२०८० मंसिर ७ बिहीवार

1.1K 

shares

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-२ स्थित सिक्रेमा हिले जलजले पर्यटकीय ताल निर्माणका लागि बाँध निर्माण कार्य सुरु गरिएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा क्षेत्र पर्यटकीय क्षेत्र नगरकोट नजिकै रहेको सो ठाउँमा पर्यटकलाई आकर्षण गर्नका लागि पर्यटकीय ताल निर्माण थालिएको हो ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ताल निर्माण सुरु गरिएको हो । अहिले ताल निर्माणका लागि विजय÷लोटस÷तेजस्वी जेभीले रु पाँच करोड ८७ लाखमा बाँध निर्माणको सम्झौता गरी निर्माण थालनी गरेको छ । एक वर्ष अगाडि नै सुरु हुनुपर्ने सो निर्माण कार्य रकम अभावका कारण ढिला हुन गएर अहिले कार्य थालनी भएको निर्माण व्यवसायी गणेश तामाङले बताए । आगामी २०८१ मङ्सिर ७ गते सम्पन्न गर्नुपर्ने बहुवर्षीय योजनाको रुपमा सुरु भएको परियोजनाको अहिले पहिलो चरणअन्तर्गत बाँध निर्माणको काम गरिरहेको छ । बाँध निर्माणको लागि एक हप्तादेखि डोजर लगाएर जग खन्ने काम भइरहेको छ ।

थलथले अवस्थामा रहेको सो ठाउँमा यसअघि खासै कोही जाँदैनथे । सो ठाउँमा अहिले कृतिम ताल निर्माण गरी पर्यटन प्रवद्र्धनको काम अगाडि बढाइएको हो । ताल निर्माण भएपछि सिँचाइको सुविधासमेत हुने भएकाले त्यहाँका स्थानीयवासीको आर्थिकस्तरमा वृद्धि हुने स्थानीयवासी लालचन्द्र गिरीले बताए । ताल निर्माणसँगै सो ठाउँमा डुङ्गा सञ्चालन गर्ने र ताल आसपासका क्षेत्रमा पर्यटकका लागि मनोरञ्जन गर्ने उद्यानसमेत निर्माण गर्ने जनाएको छ ।

सो स्थान आसपासमा रहेको वासुकी उद्यान र देवीस्थानडाँडा अर्को आकर्षणको केन्द्र रहेको छ । अग्लो ठाउँमा रहेको सो स्थानबाट काठमाडौँ उपत्यका लगायत काभ्रेको बनेपा आसपासका सबै ठाउँ नियाल्न सकिने भएकाले पनि पर्यटकको लागि उपयुक्त स्थान हुने गिरीगाउँका स्थानीयवासी सानुकाजी गिरीले बताए । त्यससँगै अब ताल निर्माण कार्य सम्पन्न भएपछि आधुनिक भवन निर्माणसँगै पर्यटकको आवागमन बढेर उत्पादन हुने कृषिजन्य बस्तुको बिक्रीबाट स्थानीय कृषकको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ ।

पहिला नालाको शेरा बजारसम्म लगेर तरकारी बिक्री गरेकामा पछिल्लो समयमा सडकको सुविधा भएपछि ठेकेदारले बारीसम्म पुगेर सङ्कलन गरी सिधैँ काठमाडौँ बिक्री गर्दै आएको किसान बताउँछन् । “अब ताल बनेपछि पर्यटकको आवागमनले घरआँगनमा नै बिक्री गरेर आर्थिक लाभ लिन पाउने आशा छ”, चारघरेका रामचन्द्र दाहालले भने, “तत्कालीन समयमा स्थानीयवासीले पर्यटकीय ताल बनाउन आग्रह गरेका थिए, त्यसलाई निरन्तररुपमा आवाज उठाउँदै आउने क्रममा अब बाँध निर्माण कार्य सुरु भएकाले बन्ने आशा पलाएको छ ।”

काम सुरु भए पनि सम्पन्न नभइञ्जेलसम्मका लागि बजेटको सुनिश्चित गर्न र निर्माण व्यवसायीले पनि समयमा नै सम्पन्न गरिदिनका लागि स्थानीयवासीले आग्रह गरेका छन् । लामो समयदेखि देखेको सपना बल्ल साकार हुन थालेको भन्दै यहाँका बासिन्दाले अब त्यसलाई छिट्टै सम्पन्न गर्नका लागि आग्रह गरेका छन् ।
रासस

वि.सं.२०८० मंसिर ७ बिहीवार १०:५४ मा प्रकाशित

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...