back
CTIZAN AD

सुदूरपश्चिमका लोककथा सङ्कलन गर्दै विश्वविद्यालय

वि.सं.२०८० मंसिर ७ बिहीवार

1.1K 

shares

 

दोधारा चाँदनी (कञ्चनपुर) । सुदूरपश्चिम विश्वविद्यालयले सुदूरपश्चिमका लोककथा सङ्कलन गरेर प्रकाशनमा ल्याउने भएको छ । विश्वविद्यालयले अन्य शैक्षिक र प्राज्ञिक गतिविधिमा यस क्षेत्रका भाषा, संस्कृति र साहित्यको अनुसन्धान संरक्षण गरी अघि बढाउने क्रममा सुदूरपश्चिमका लोककथाको सङ्कलन गरेर प्रकाशनमा ल्याउन लागेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रका निर्देशक डा हरिशचन्द्र भट्टले सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका लोककथा सङ्कलन गरेर प्रकाशनको अन्तिम तयारीमा पुगेको बताए । “सौका, भोटे, राउटे, मगर र रानाथारु, डगौराथारुका लोककथा सङ्कलन गरेर प्रकाशनको चरणमा छन्”, उनले भने–“हामीले सबै कथा स्थानीय र नेपाली भाषामा प्रकाशन गरिरहेका छौँ ।”
निर्देशक भट्टले रानाथारुको लोककथा रानाथारु भाषामा, मगरका कथा मगरका भाषामा प्रकाशन हुने बताए । “दार्चुला, बझाङ, बैतडी, बाजुरालगायत यहाँका नौ जिल्लाका लोककथा स्थानीय भाषा र नेपालीमा प्रकाशन हुनेछन्”, उनले भने, “हाम्रो धर्म संस्कृति रितिरिवाज हिजो कस्तो थियो कथाका माध्यमबाट जानकारी मिल्छ ।” विश्वविद्यालयले सुदूरपश्चिमको पुरातत्वको समेत अध्ययन गर्न लागेको निर्देशक भट्टले  जानकारी दिए ।
साहित्यकार हेमबाबु लेखकले विश्वविद्यालयले गर्न लागेको लोककथा सङ्कलन अत्यन्तै सकारात्मक कार्य भएको बताए । “लोकथामा लोकजीवनका हरेक पाटा भेटिने, स्थानीय रहनसहन लवाइखवाइ चाडपर्व रीतिरिवाजका बारेमा यथार्थतासहितको जनश्रुति निहित हुन्छन्”, उनले भने, “यसबाट लोक जीवन बुझ्न सहज हुन्छ ।”
यहाँको संस्कृति र भाषाका अन्य विधामा अनुसन्धान कार्यले यस क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने साहित्यकार कविराज भट्ट बताउँछन् । “यसले लोक साहित्यको संरक्षण एवं प्रवद्र्धनमा टेवा पुग्छ”, उनले भने, “मौखिकरुपमा रहेको साहित्य लिखितरुपमा आएपछि यसपछि अध्ययन अनुसन्धान गर्नेलाई पनि सहज हुन्छ ।” सुदूरपश्चिम विश्वविद्यालयले भाषा, साहित्य तथा संस्कृति अध्ययन केन्द्रको स्थापना गरी यहाँको भाषा र संस्कृतिको अध्ययन अनुसन्धान तीव्र पारेको हो ।
रासस

वि.सं.२०८० मंसिर ७ बिहीवार १०:३५ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...