back
CTIZAN AD

क्रस कन्ट्री दौड प्रतियोगिताका लागि चार्टर विमानमार्फत पोखरा आइपुगे चिनियाँ खेलाडी

वि.सं.२०८० मंसिर ८ शुक्रवार

975 

shares

कास्की । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् ।

‘साझा समृद्धिका लागि दौड’को नाराका साथ आयोजना गरिएको प्रतियोगिताका लागि हिमालयन एयरलाइन्सको विमानमार्फत चिनियाँ खेलाडी गए राति पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ जना चार्टर विमानमार्फत आएका हुन् ।

प्रतियोगितामा नेपालका लागि चिनियाँ राजदूत छन सङ, चीनको युनान प्रान्तको विदेश मामिला कार्यालयका दक्षिण एसिया निर्देशक झु वेनझोङ, युनान पर्वतारोहण तथा अन्तर्राष्ट्रिय खेल विभागका उपाध्यक्ष एवं महासचिव झोङ सी, युनान विश्वविद्यालयका प्राध्यापक एन सुइगेनलगायत अतिथिपोखरा आइपुगेका छन् ।

खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगता गर्न लागिएको संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिए । प्रतियोगिताको सहआयोजकमा युनान माउन्टेनरिङ एण्ड आउटडोर स्पोर्टस् एशोसिएसन र होटल एशोसिएसन पोखरा रहेका छन् ।

संयोजक पालिखेका अनुसार सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार विधामा प्रतिस्पर्धा हुनेछ । सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गर्नेछन् । सामूहिक विधामा नेपाल र मित्र राष्ट्र चीनका १०–१० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल छ सय खेलाडी सहभागी हुने संयोजक पालिखेले बताउनुभयो ।
दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ । सामूहिक विधातर्फको विजेताले रु तीन लाख ६० हजार पुरस्कार पाउनेछन् । द्वितीयले रु दुई लाख ८८ हजार, तृतीयले रु दुई लाख १६ हजार र चौथो स्थान प्रप्त गर्नेले रु एक लाख ४४ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला पुरुषले जनही रु एक लाख ४४ हजार पुरस्कार पाउनेछन् । उपविजेताले रु एक लाख आठ हजार, तृतीयले रु ५४ हजार र चोथौदेखि सातौँसम्मको रु १८ हजार र दसौँसम्मका धावकले रु नौ हजार पुरस्कार पाउनेछन् । लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसेखोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचीबोट हुँदै बाराहीघाटमै आएर समापन हुनेछ ।

यसैगरी पाँच किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताका विजेता छात्र–छात्राले जनही रु २५ हजार पाउनेछन् । द्वितीयले रु २० हजार, तृतीयले रु १५ हजार, सान्त्वनाले रु १० हजार र पाँचौँले रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।
रासस /फाइल फोटो

वि.सं.२०८० मंसिर ८ शुक्रवार ११:१९ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...