back
CTIZAN AD

विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

वि.सं.२०८० मंसिर ८ शुक्रवार

1K 

shares

 

भोजपुर । भोजपुरका विद्यालयमा प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ। विभिन्न माध्यमिक विद्यालयले ऐच्छिक विषयका रूपमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेपछि यसप्रति विद्यार्थीको आकर्षण बढेको हो ।

रामप्रसादराई गाउँपालिका-३, भुल्केमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेपछि वडाका अधिकांश विद्यार्थीले यो शिक्षा लिँदै आएका छन् । यहाँका विद्यार्थीले कृषि विषयमा प्राविधिक शिक्षा लिँदै आएका हुन् ।

शिक्षा हासिल गरेपछि सहज रूपमा रोजगार पाइने तथा जीवनोपयोगी सीप हासिल हुने भएसँगै विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा परेको विद्यालयका प्रध्यानाध्यापक पेशलकुमार तिमल्सेनाले बताए ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारसँग र रोजगारलाई बजारसँग जोडेर उत्पादनशील एवं उत्पादनमुखी बनाउनका लागि प्राविधिक शिक्षाको सुरुआत गरेको उनको भनाइ छ ।

‘शिक्षालाई जीवनोपयोगी बनाउन आवश्यक छ,’ प्रअ तिमल्सेना भन्छन्, ‘हामीले व्यावहारिक शिक्षा दिन सकेमा विद्यार्थीमा जीवनयापनको वातावरण बन्छ । विद्यार्थीलाई कृषि विषयको प्राविधिक शिक्षा दिँदै आएका छौँ ।’ शिक्षालाई पराम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेको उनको भनाइ छ ।

विद्यार्थीलाई सहज प्राविधिक शिक्षाको पहुँच विस्तार गर्न प्राविधिक शिक्षामा जोड दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज भट्टराईले बताए ।

यस वर्ष पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत रु. पाँच लाख लागतमा च्याउखेती गर्नका लागि भौतिक पूर्वाधारको निर्माणसँगै प्राविधिक शिक्षाका लागि आवश्यक सामग्री खरिद गरिने अध्यक्ष भट्टराईको भनाइ छ ।

आवेदन माग गरेर विद्यार्थीको रोजाइको आधारमा च्याउखेती, टमाटर खेती, फलफूल खेती, तरकारी खेतीमा जोड दिइएको भट्टराई बताउँछन् । आगामी दिनमा यसको विस्तारमा अझ जोड दिने लक्ष्य रहेको उनले जानकारी दिए ।

‘प्राविधिक शिक्षासँगै हामीले पढ्दै कमाउँदै कार्यक्रमलाई पनि एकसाथ अघि बढाएका छौँ’, अध्यक्ष भट्टराई भन्छन्, ‘विद्यार्थीको रुचिका आधारमा विभिन्न प्रकारका शिक्षा दिने व्यवस्था मिलाएका छौँ । प्राविधिक शिक्षाप्रति विद्यार्थीको आषर्कण बढ्दो छ ।’

विद्यार्थीले टमाटर, काउली, ब्रोकाउली, च्याउलगायतको व्यावसायिक खेती गर्दै आएका छन् । तरकारी बिक्रीबाट आएको रकम प्रोत्साहनका रूपमा विद्यालयले विद्यार्थीलाई दिने गरेको छ ।

विद्यार्थीले च्याउखेती, टमाटर खेती, माछापालन, काउली, एभोकाडो खेतीसँगै अन्य कृषिका विषयमा अभ्यासमार्फत ज्ञान लिँदै आएका छन् । आर्थिक स्रोतको दिगो व्यवस्थापनका लागि विद्यालयको जग्गामा करिब सय बोट एभोकाडोका बिरुवा रोपिएको विद्यालयले जनाएको छ ।

विद्यार्थीलाई प्राविधिक शिक्षासँग जोड्दै दक्ष जनशक्ति उत्पादनमा रामप्रसादराई गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउँछन् ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा गाउँपालिकाले ध्यान दिइरहेको अध्यक्ष राईको भनाइ छ । ‘अहिलेको आवश्यकता प्राविधिक शिक्षा हो’, अध्यक्ष राई भन्छन्, ‘हामीले सीपमूलक शिक्षामा जोड दिँदै आएका छौँ । प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्नेछ ।’

विद्यालयमा आएर अभ्यासमूलक शिक्षा लिँदा सिकाइ प्रभावकारी हुने गरेको विद्यार्थीको भनाइ छ। आफूले सिकेको सीप घरपरिवारलाई सिकाएर काम गर्ने गरेको विद्यार्थी सचिन चर्मकारले बताए । विद्यालयमा कृषि पढ्न चाहने विद्यार्थीले कक्षा ९ बाट ऐच्छिक विषयका रूपमा पढ्दै आएका छन् ।

भोजपुरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रअन्तर्गत दुई आङ्गिक शिक्षालय सञ्चालनमा छन् । भोजपुर नगरपालिका–६ मा रहेको सुम्निमा पोलिटेक्निक इन्स्टिच्युट र रामप्रसादराई गाउँपालिका, मानेभञ्याङमा राममिथिला बहुप्राविधिक शिक्षालय सञ्चालनमा छन् ।

यीसँगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्रबाट अनुमति लिएर विभिन्न माध्यमिक विद्यालयले प्राविधिक शिक्षा पढाउँदै आएका छन् ।
रासस

वि.सं.२०८० मंसिर ८ शुक्रवार ११:५० मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...