back
CTIZAN AD

कांग्रेसको मधेश प्रदेश सम्मेलनका लागि उपसमितिहरू गठन

वि.सं.२०८० मंसिर २३ शनिवार

996 

shares

धनुषा । नेपाली कांग्रेस मधेश प्रदेशले दुई दिवसीय प्रदेश सम्मेलनका लागि उपसमितिहरू गठन गरेको छ । आगामी पुस ५ र ६ गते गरिने प्रथम प्रदेश सम्मेलनलाई सम्पन्न गराउन विभिन्न समिति उपसमिति गठन गरेको हो ।

कांग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवको संयोजकत्वमा गठन गरेको मूलआयोजक समितिका सदस्यमा प्रदेश समितिका पदाधिकारी, सदस्य, पार्टीका जिल्ला सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, मधेश प्रदेश नगरपालिका महासङ्घ अध्यक्ष र गाउँपालिका महासङ्घका अध्यक्ष, भ्रातृ सङ्गठनका शुभेच्छुक सङ्घ संस्थाका प्रमुख छन् ।

त्यस्तै, कोषाध्यक्ष प्रदीपकुमार यादवको संयोजकत्वमा गठित अर्थ समितिमा सदस्य प्रदेश सहमहामन्त्री जयनारायणप्रसाद यादव तथा सदस्यमा ममता महतो, शीतलप्रसाद यादव, रामबाबु साह रहनुभएको छ । प्रदेशसभा सदस्य नागेन्द्रप्रसाद साहको संयोजकत्वमा गठित आर्थिक व्यवस्थापन समितिका सदस्यमा सहमहामन्त्री बिन्दुकुमारी यादव, प्रदेशसभा सदस्य शेषनारायण यादव, प्रचार विभाग प्रमुख नीतेशकुमार गुप्ता, प्रदेश सदस्य पाण्डव मण्डल, सुनिल ठाकुर, सोनी बम्जन, राजेश गिरी र गाउँपालिका महासङ्घ अध्यक्ष जवाहर यादव छन् । यसैगरी, आवास तथा भोजन व्यवस्थापन समितिका संयोजकमा प्रदेश सांसद शेषनारायण यादव, सदस्यमा जीवनाथ चौधरी, सुरेशप्रसाद यादव, राजकिशोर यादव र ललित साह, सुधीरकिशोर यादवलाई जिम्मेवारी दिइएको छ भने मञ्च व्यवस्थापन समितिका संयोजकमा बजरङ यादव, सदस्यमा शर्मिला थापा, भावना ढुङ्गेल, अञ्जु झा, राकेशविक्रम साह, शिवशङ्कर गोइत (साधु) र सुरेश ठाकुरलाई जिम्मेवारी दिइएको छ ।

प्रचारप्रसार समितिका संयोजक नीतेशकुमार गुप्ता र सदस्यमा सूचना सञ्चार तथा प्रचारप्रसार विभाग सदस्यलाई पनि राखिएको छ । स्वयंसेवक परिचालन समितिका संयोजकमा भातृ सङ्घ समन्वय विभाग प्रमुख सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ । सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, साङ्गठनिक प्रस्ताव एवं प्रतिवेदन तर्जुमा गर्न प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठलाई र आर्थिक प्रतिवेदन तर्जुमा गर्न प्रदेश कोषाध्यक्ष प्रदीपकुमार यादवको संयोजकत्वमा समिति गठन गरिएको मुख्य सचिव सन्तुप्रसाद यादवले जानकारी दिए ।

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:२४ मा प्रकाशित

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः मौलिक हक कार्यान्वयन र औद्योगिक वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सदस्यहरूले शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन, औद्योगिक वातावरण...

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

आलेख-बर्खामा हिलो, हिउँदमा धुलोः दमक-चिसोपानी सडक

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी...

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...