back
CTIZAN AD

ठगी गरेको आरोपमा जनप्रतिनिधिसहित चार पक्राउ

वि.सं.२०८० मंसिर २३ शनिवार

2.1K 

shares

कास्की । पोखराका एक जनप्रतिनिधि ठगी मुद्दामा पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ का वडा सदस्य ४२ वर्षीय दीपेन्द्र पहारीसहित चार जनालाई कास्की प्रहरीले ठगीसम्बन्धी मुद्दामा पक्राउ गरेको हो ।

पर्यटकीय क्षेत्र लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफी व्यवसाय दर्ता गर्ने भनेर १५ जनाबाट प्रतिव्यक्ति रु १३ हजार पाँच सय उठाएर व्यवसाय दर्ता नै नगरी ठगी गरेको भन्ने पीडितको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

पक्राउ पर्नेमा वडा सदस्य पहारीसहित पोखरा–६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, लेकसाइडकै २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार रहेका छन् । प्रहरीका अनुसार पीडित व्यक्तिहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले ठगीमा सङ्लग्न अन्यको खोजी भइरहेको जनाएको छ ।

पक्राउ परेकालाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी मुद्दामा १० दिनको म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रनाउ विकले जानकारी दिए ।

वि.सं.२०८० मंसिर २३ शनिवार ०७:२८ मा प्रकाशित

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति...

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

अर्धमासिक तलब भुक्तानीको व्यवस्था कार्यान्वयन गर्न पत्राचार

काठमाडौं । सरकारले संघीय सरकार मातहतका सबै कार्यालयमा कार्यरत कर्मचारीलाई...

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

विद्युतीय व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन विभागको निर्देशन

काठमाडौं । विद्युतीय माध्यम प्रयोग गरी व्यापार गर्ने व्यवसायीलाई अनिवार्य...

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

मकवानपुरमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा मंगलबार बिहान स्कारपियो दुर्घटना...

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

कल्याण विक्रम पाँडे माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा...

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

नाडा अटो शो २०२६ : भृकुटी मण्डपमा हुनेछ भब्य प्रदर्शन, २ लाख बढी दर्शक आउने अपेक्षा

काठमाडौं । नयाँ पुस्ताका सवारी साधन, अत्याधुनिक प्रविधि र स्मार्ट...