सुरेशकुमार पाण्डे, दाङ घोराही -१८
‘आमा आज म अल्लमल्ल परेको छु ।’ मैले आमासँग निराश हुँदैभने ।
‘किन र छोरा ? के बिषयमा अल्लमल्ल परेको तिमि ?’–आमाले मेरो शिरमा हात राखेर कपाल सुम्समाउँदै बुझ्न खोज्न्नु भयो ।
‘हिंजोदेखि मेरो मुहार पुस्तिकाको टाइमलाइनमा धेरैले बधाई लेखेका छन् । त्यही भएर म अल्लमल्लमा परेको छु ।’–मैले फेरि पनि निराश प्रकट गरेँ ।
‘के को बधाई दिएका छन् तिमिलाई, लेखेका छैनन् बधाई दिनेहरूले ?–आमा आश्चार्य हुँदै मैंसँग प्रश्न गर्नुभयो ।
‘म यो धर्तिमा आएको छ दशक भयो भन्नुहुन्छ । तर म जन्मिएको दिन टुङ्गो अँझै लागेको छैन ।’ मैले आमासँग नै प्रतिप्रश्न गरें ।
‘कस्तो कुरा नबुझेको तिमिलें हँ । कतिपटक भने पाँग्रे गोरू र तँ सँगसगैका हौ । भनेको होइन मैले ?’–आमाले मलाई हकार्दै भन्नुभयो ।
‘आमा कम्तिमा यत्ती भन्दिनुहोस् त्यो पाँग्रे गोरू कुनदिन जन्मिएको हो ?’ म पनि अलि चर्को शैलीमा बोलें ।
‘सुन ! हाम्रो नानीको कान्छी छोरी र तँ छ दिनले जेठा कान्छ छौँ, तँ भन्दा दुईदिन जेठो पाँग्रेगोरू हो । त्यो हिसाबले तँ मंसिरको १३ गते जन्मिएको होस् ।’ आमाले प्रष्ट पार्दै भन्नुभयो ।
‘हो र आमा ? फेरि त्यो नागरिकतामा ३० गते किन लेखेका छन् त ?’ मैले प्रश्न गरे, त्यसबारे मलाई थाहा छैन । तेरो जन्मदिन मंसिरको तेह्र गते हो ।’–आमाले भन्नुभयो ।
‘हो र आज मेरो जन्मदिन हो ?’ म झसिङ्गिए । उठेर बिस्तरामा बसें नजिकै भित्ताबाट आमाले टुलुटुलु मैतिर हेरिरहनु भएको थियो । जुरूक्कै उँठे र आमाको तस्विरलाई ढोग गरेँ ।
वि.सं.२०८० मंसिर २३ शनिवार ०७:५० मा प्रकाशित






























