back
CTIZAN AD

टेलिकमद्वारा सेवाग्राहीलाई एक महिना सम्म निःशुल्क इन्टरनेट

वि.सं.२०८० मंसिर २५ सोमवार

1.3K 

shares

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीलाई एक महिना सम्म निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको छ ।
टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई अब परीक्षणको रुपमा एक महिना सम्म डाटा सुविधा निःशुल्क प्रदान गर्ने भएको हो ।

टेलिकमले आज मंसिर २५ गतेदेखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफका रुपमा एक महिना सम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको छ ।

टेलिकमका अनुसार यो सेवा प्रयोग गर्नका लागि १९८-१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी)मा अनुरोध गर्न सकिने छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिने छ ।

एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुने टेलिकमले जनाएको छ । एक महिना भन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८-१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

वि.सं.२०८० मंसिर २५ सोमवार १३:३४ मा प्रकाशित