back
CTIZAN AD

डेढ महिना बितिसक्दा पनि सामान्य बन्न सकेन सिमानामा जीवन

वि.सं.२०७४ वैशाख १८ सोमवार

837 

shares

 

१८ वैशाख, भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा भारतीय सुरक्षाकर्मीको गोली लागेर एक नेपालीको मृत्यु भएपछि तनाव उत्पन्न भइ बन्द भएको सीमानाका अझै सहज बन्न सकेको छैन ।

नेपाल–भारत सिमानामा पर्ने खोलामा कल्र्भट निर्माणका विषयलाई लिएर भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा गोबिन्द गौतमले शहादत प्राप्त गरेपछिका तनावपूर्ण बनेको स्थिति अझै पूर्णरुपमा सामान्य बनिसकेको छैन । घटना भएकै दिन स्थानीय प्रशासनले तत्कालका लागि सो क्षेत्रका सीमानाका बन्द गरेपछि अहिले स्थानीय सङ्घर्ष समितिले सीमाको अवरोध जारी राखेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले बताउनुभयो ।

“घटना भएकै दिन केही समयका लागि नेपाल–भारत सीमानाकामा आवागमन रोकिएको हो”– प्रमुख जिल्ला अधिकारी खनालले भन्नुभयो, “हाल आएर स्थिति सामान्य बने पनि सीमानाकाबाट नेपाल–भारत आवागमन त्यति सहज बन्न सकेको छैन ।” घटनापछि स्थानीय सङ्घर्ष समिति बनाएर सीमा व्यवस्थापनका साथै पीडित परिवारलाई क्षतिपूर्ति दिलाउन गठित समितिले नेपाल–भारत सीमानाका आवागमनमा सहजता ल्याउनतर्फ जोड दिनुपर्ने स्थानीय प्रशासनको भनाइ छ ।

“नेपाल–भारत संयुक्त सर्भे टिमले हराएका सीमास्तम्भलगायत सीमा व्यवस्थापनका लागि सो क्षेत्रमा अहिले पनि स्थलगत काम गरिरहेको छ”– खनालले भन्नुभयो, “सीमानाका सहज बनाउन स्थानीयले पनि अब सहयोग गर्नुपर्छ ।” सो क्षेत्रको नाका सहज नहुँदा भारतीय सीमावर्ती बजार बढी प्रभावित बनेको पुनर्वासका स्थानीयको भनाइ छ । नेपालका ग्राहकमा आश्रित सीमावर्ती भारतीय बसही, सम्पूर्णानगर, खखुरिया लगायतका बजार प्रभावित बनेका छन् । उता भारतीय नागरिक पनि दक्षिण क्षेत्रका सीमानाकाबाट नेपाल आउन सकिरहेका छैनन् ।

वि.सं.२०७४ वैशाख १८ सोमवार ०४:५५ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...