
इङ्गलिस प्रिमियर लिग अन्र्तगत हिजो भएको खेलमा टोटेनह्याम विजयी भएको छ ।
हिजो राति भएको लन्डन डर्बीमा टोटेनह्यामले अर्को क्लब आर्सनललाइ २–० गोल अन्तरले हराएको हो । टोटेनह्यामको जितमा डेले अलि र हेरी केनले गोल गरे । खेलको ५५ औ मिनेटमा अलिको गोल मार्फत अग्रता लिएको टोटेनह्यामले त्यसको २ मिनेट लगत्तै पाएको पेनाल्टीमा केनले टोटेनह्यामको अग्रता दोब्बर पारेका थिए । त्यसपछि दुबै पक्षबाट गोल हुन सकेन र टोटेनह्याम विजयी भयो । प्रिमियर लिगमा अब ४ खेल बाकी हुँदा शीर्ष स्थानको चेल्सी टोटेनह्यामभन्दा ४ अंकले अगाडी छ ।