back
CTIZAN AD

यूरोपेली आयोगका पूर्वप्रमुख डेलोर्सको ९८ वर्षको उमेरमा निधन

वि.सं.२०८० पुस १२ बिहीवार

1.2K 

shares

पेरिस । युरोपेली आयोगका पूर्व प्रमुख तथा युरोपेली सङ्घको ऐतिहासिक एकल मुद्रा परियोजना स्थापना कर्ता व्यक्तित्व ज्याक डेलोर्सको ९८ वर्षको उमेरमा निधन भएको अल जजीराले जनाएको छ ।

परिवारिक स्रोतका अनुसार पेरिसमा आफ्नै घरमा राति सुतिरहेको अवस्थामा मृत्यु भएको हो । डेलर्सले सन् १९८५÷०९४ को अन्त्यसम्म तीन कार्यकालका लागि युरोपेली आयोगको अध्यक्षको रूपमा सेवा गरेका थिए ।

युरोपेली आयोग प्रमुखको रूपमा डेलोर्सको कार्यकालको दशकमा ईयूले आफ्नो एकीकृत एकल बजार प्रवद्र्धन गर्दै एकल मुद्रा यूरो लागू गरेको थियो ।

फ्रान्सेली राजनीतिको एक प्रमुख व्यक्तित्व, डेलोर्सले सन् १९८१ देखि सन् १९८४ सम्म राष्ट्रपति फ्रान्कोइस मिटर्रान्डको नेतृत्वमा अर्थमन्त्रीको रूपमा पनि काम गर्नु भएको थियो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले ईयूका पूर्व नेतालाई यूरोपको अतुलनीय वास्तुकार र मानव न्यायका लागि लडाकूको रूपमा सम्झँदै उहाँप्रति अन्तिम सम्मान व्यक्त गरेका छन् । (रासस/एएनआई)

 

 

वि.सं.२०८० पुस १२ बिहीवार १७:५६ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...