back
CTIZAN AD

क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

वि.सं.२०८० पुस १३ शुक्रवार

1.1K 

shares

 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने भएको हो ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न र विदेशका प्रतियोगितामा भाग लिन जान अनुमतिसमेत आदेश दिएको थियो ।

उनीविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा लगातार तीन दिन यता सुनुवाइ भइरहेको छ ।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा

वि.सं.२०८० पुस १३ शुक्रवार १०:३० मा प्रकाशित