काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। केन्द्रीय समितिको बैठक पार्टी मुख्यालय सानेपामा, आज बिहान ११ बजेदेखि सुरु हुँदैछ ।
बैठक बिहीवारदेखि सुरु भएको हो । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
‘समुदायमा कांग्रेस अभियान’को कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएका थिए ।
हीजोको बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दीपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा डिला सङ्ग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, नैनसिंह महर, मुक्ताकुमारी यादव, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ(आफ्नो धारणा राखेका थिए ।
आज (शुक्रबार)को बैठकमा पनि केन्द्रीय सदस्यहरुले आ(आफ्नो धारणा राख्नेछन् ।
वि.सं.२०८० पुस १३ शुक्रवार १०:५५ मा प्रकाशित




























