काठमाडौं । गौशाला २६ माथि बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधिश शिशिरराज ढकालको इजलासले लामिछानेलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद ढकालले जानकारी दिएका छन् ।
घटना भएको दिन लामिछाने र पीडि ‘गौशाला २६’ नगरकोटको काठमाडौं इन होटलको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको अदालतले ठहर गरेको छ ।
‘वादी र प्रतिवादी राति एउटै कोठामा बसेको देखिन्छ । सो कुरामा वादी प्रतिवादीको विवाद रहेको समेत देखिदैन । राति एउटै कोठामा बसेको अवस्था भएको देखिएको सो समयमा परिवर्तित नाम ‘गौशाला २६ ले करणी भएको दावी गरेको घटना भएको दिनको क्रियाकलाप घटनाक्रम समेतले विचार गर्दा प्रतिवादी तथा परिवर्तित नाम गौशाला २६, जर्वजस्तीकरणी भएको देखियो ।’ अदालतको फैसला सुनाउँदै ढकाले भने ।
घटना हुँदाको दिन गौशालाको उमेर १८ वर्ष पुगेको देखिएको तथा गौशलाको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै करणी भएको देखिएको र सहमतिमा करणी भएको नदेखिएकाले लामिछानले मुलकी अपराध संहिता २०७४ को दफा २१९ (१,२ र ३) बमोजिम कसुर गरेको ठहर अदालतले गरेको छ ।
लामिछानेलाई कति वर्षको जेल सजाय हुने भन्ने विषयमा पुस २५ गते सुनाइने जानकारी दिए ।
वि.सं.२०८० पुस १३ शुक्रवार १९:५२ मा प्रकाशित






























