कीर्तिपुर । गणित महिलाह?को छाता सँस्था ‘गणित विज्ञानमा नेपाली महिला’ (ओनिम्स) ले त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक धनकुमारी थापालाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ ।
ओनिम्सको शनिबार सम्पन्न छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले आगामी दुई वर्षका सहप्राध्यापक थापाको अध्यक्षतामा ११ सदस्सीय ओनिम्स कार्यसमिति निर्वाचित गरेको हो ।
सभाले पुनः थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित उक्त कार्यसमितिको उपाध्यक्षमा डा. कविता लुँईटेल सचिवमा सहप्राध्यापक तारा पौडेल सहसचिवमा डा गौरी भुजु र कोषाध्यक्षमा उपप्राध्यापक सरला लुँईटेल छन् । यसैगरी सदस्यह?मा रचना जोशी, राधादेवी श्रेष्ठ, डा. शर्मिला श्रेष्ठ र डा. ?मा मानन्धर सर्वसम्मत निर्वाचित भएका छन् भने बाँकी दुई सदस्य सँस्थाको विधान अनुसार नवनिर्वाचित कार्यसमितिको प्रथम बैठकले थप गर्ने अध्यक्ष थापाले जानकारी दिइन् ।
दुई चरणमा सम्पन्न सो कार्यक्रमको पहिलो चरणमा १० औँ ओनिम्स डे मनाइएको थियो । अध्यक्ष धनकुमारी थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिमा प्रा.डा भद्रमान तुलाधर रहेका थिए भने सल्लाहकारहरू गणित समाजका अध्यक्ष प्रा.डा नारायण कहारी, म्याथम्याटिकल साइन्सका अध्यक्ष प्रा.डा. सिद्धिप्रसाद कोइराला, ओनिम्सका संस्थापक अध्यक्ष प्रा.डा शान्ति बज्राचार्य, बद्रीलक्ष्मी वैद्य, डा. नीलम सुवेदीको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा ओनिम्सका उपाध्यक्ष डा कविता लुईंटेलले स्वागत गरेकी थिइन् ।
ओनिम्सका सहसचिव तारा पौडेलले राखेको कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष सरला लुईँटेलले आर्थिक प्रतिवेदन छलफलबाट स्वीकृत गरिएको थियो ।
त्यस्तै ओनिम्सका सल्लाहकार तथा विधान संसोधन समितिका अध्यक्ष डा. नीलम सुवेदीले प्रस्तुत गरेको संसोधित विधानलाई हलले पास गरेको थियो । उक्त विधानले कार्यसमितिको कार्यकाल २ वर्षबाट ३ बर्ष बनाएको थियो भने ६ जना सदस्य मध्ये २ जनालाई कार्यसमितिले मनोनित गर्ने व्यवस्था गरिएको छ ।
प्रमुख अतिथि प्रा.डा भद्रमान तुलाधर, प्रा.डा शान्ति बज्राचार्य र ओनिम्सका अध्यक्ष धनकुमारी थापाले संयुक्त रूपमा ओनिम्स बुलेटिन पहिलो अंकको विमोचन गरेका थिए । साथै यो वर्ष गणितमा पिएचडी गर्ने डा गौरी भुजु, डा कविता लुईंटेल, डा खरीका पराजुली र डा शर्मिला श्रेष्ठलाई सम्मान स्परूप मायाको चिनो प्रदान गरिएको थियो ।
ओनिम्सले विशेष अभियान थाल्ने
उक्त सभाले विद्यालयदेखि विश्वविद्यालय सम्मका विभिन्न तहमा गणित पढाइ रहेका महिलालाई अध्ययन, अनुसन्धान र प्राज्ञिक खोजतर्फ प्रेरित गर्न विशेष अभियान थाल्ने कार्ययोजना पारित गरेको छ । कार्ययोजना अनुसार सँस्थाले गणित विषय र गणित शिक्षाको आवश्यक प्रचार प्रसार गरी महिला विद्यार्थीलाई गणितको अध्ययन र अनुसन्धानतर्फ आकर्षित गर्न ‘स्टुडेन्ट स्टुडेन्ट स्टिम क्लब’ स्थापना गरी ज्ञानवर्धक र प्रतियोगितात्मक कार्यक्रमह? सञ्चालन गर्नेछ । यसैगरी सार्वजनिक र निजी विद्यालयसँग गणितका पाठ्यक्रमको उपयोगिता, प्रश्नपत्र तथा गणितका अन्य शैक्षिक सामग्री निर्माण र यसको प्रयोग सम्बन्धी छलफल कार्यक्रमहरू पनि सञ्चालन गर्ने जनाइएको छ ।
यसका साथै अन्तर्राष्ट्रिय स्तरका गणितशोध र अनुसन्धानलाई तिव्रता दिँदै जाने र स्थानीय सरकारहरूसँग समेत सहकार्य गरी गणितीय अनुसन्धान अघि बढाउने योजना समेत अधिवेशनले पारित गरेको छ । साथै गणितमा महिलाको सशक्त सहभागिताका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका एक एक वटा गणित सम्मेलन गर्ने, गणित अध्ययनमा महिला छात्रवृत्तिका लागि पहल गर्ने योजना पनि अधिवेशनले पारित गरेको छ ।
महिलाहरू पुरूषको तुलनामा पछि रहेका क्षेत्र मध्ये एक मानिने गणितको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खोज अनुसन्धानका अवसर उपलब्ध गराउन यो कार्ययोजना निर्माण गरिएको जानकारी नवनिर्वाचित अध्यक्ष सहप्राध्यापक धनकुमारी थापाले दिइन् ।
वि.सं.२०८० पुस १६ सोमवार १९:१५ मा प्रकाशित






























