back
CTIZAN AD

माओवादी केन्द्र-कांग्रेसबीच राष्ट्रिय सभा सदस्यको भागबन्डा गर्न आज पनि छलफल

वि.सं.२०८० पुस १८ बुधवार

1.5K 

shares

काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादी केन्द्रले आज पनि छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । दुई दलका शीर्ष नेताहरूबीच मंगलबार पनि छलफल भएको थियो ।

यसअघिको छलफलमा भागबन्डाको टुंगो नलागेपछि नेताहरू आज पनि छलफलमा जुटेका हुन् । आजको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी छन् भने कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक सहभागी छन् ।

निर्वाचन आयोगले पुस २३ गतेका लागि उम्मेदवारी दर्ता तोकेको छ । मतदान भने माघ ११मा हुनेछ । १९ सिटका लागि निर्वाचन हुन लागेको हो ।

फाइल फाेटाे

वि.सं.२०८० पुस १८ बुधवार ११:१० मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...